रानीले गरिन सुटुक्क विवाह । पुरा बलिउडले पत्तै पाएन ।

[dropcap][/dropcap]न्तत बलिउड अभिनेत्री रानी मुखर्जी र चर्चित फिल्ममेकर आदित्य चोपडा वैवाहिक बन्धनमा बाधिएका छन । सोमबार राती यी जोडिको विवाह सम्पन्न भएको हो । इटलीमा सम्पन्न गरिएको विवाह समारोहमा दुवै जनाका परिवार र केहि निकट मित्रहरुको मात्र उपस्थिति रहेको थियो ।Rani-Adityaगोप्य रुपमा गरिएको विवाहको बारेमा यश राज फिल्मसले आधिकारीकता सार्वजनिक गर्दै विवाहको पुष्टि गरेको हो । त्यस्तै फिल्म समिक्षक तरन आदर्शले पनि उनीहरुको विवाहको बारेमा पुष्टि गर्दै ट्वीट गरेका थिए ।
यी दुईको विवाहको बारेमा निकै पहिलेदेखि नै चर्चा चलेको थियो । लामो समय अघि देखि प्रेममा रहेका रानी र आदित्य को गत जनवरीमा विवाह हुने चर्चा रहेपनि नभएपछि पुन फेब्रुअरीमा विवाह गर्ने हल्ला चलेको थियो । तर त्यो समयमा पनि विवाह नभएपछि यी दुईको विवाह बलिउड कै लागी प्रतिक्षाको बिषय बनेको थियो । तर बलिउडलाई पत्ता नदिई बलिउडकै दुई स्टारले किन सुटुक्क विवाह गरे त सबैको चासोको बिषय बनेको छ । तर यी दुइलाई बलिउडका विभिन्न स्टारहरुले विभिन्न माध्यममार्फत शुभकामना दिइरहेका छन ।

Namaste Filmy

Read Previous

गोविन्द प्रसादको 'कहिले मिलन कहिले बिछोड' । भिडियो ।

Read Next

एन्फा अध्यक्षले हेरे नेपालमै वल्डकप ।