एन्फा अध्यक्षले हेरे नेपालमै वल्डकप ।

सुजन भट्ट,काठमाण्डौ
पुर्वघोषित कार्यक्रमअनुसार नै मंगलबार फिल्म वल्डकप इन नेपाल को प्रिमियर गरिएको छ । राजधानीको कुमारी हलमा आयोजित प्रिमियर शो मा फुटबल सम्बद्ध अधिकांश ब्यक्तिहरुको सहभागिता रहेको थियो । फुटबलको कथा रहेकोले फिल्म हेर्न फुटबलको सर्बोच्च संस्था एन्फका अध्यक्ष गणेश थापा, नेपाली टोलीका पुर्वकप्तान हरि खड्का लगायत अन्य खेलाडिहरु पनि हलसम्म पुगेका थिए ।
10264614_10202402956739682_152015659_n
फिल्म हेरीसकेपछि एन्फा अध्यक्ष थापाले फिल्मले समेटेको कथामा वास्तविकता लुकेको भन्दै आफुहरु पनि अब फिल्ममा जस्तै गाऊगाऊमा फुटबलको संभावना खोज्ने बताउनुभयो । फिल्मले एन्फा कुन ठाऊमा चुकेको छ भन्नेबारे आफुलाई सचेत गराइदिएको पनि उहाले औल्याउनुभयो । तर थापाले फिल्ममा देखाइएजस्तो कुनैपनि खेलाडि छनौट गर्ने क्रममा प्रशिक्षकको पुर्वाग्राही र पक्षपात नेपाली फुटबलमा नभएको दाबी गर्नुभयो ।यता फुटबलका पुर्वकप्तान खडकाले भने दशकौपछि आफुले फिल्म हेरेको बताउदै फिल्म हेर्दा बेलाबेलामा भक्कानिएको बताउनुभयो । फिल्म हेर्नका लागी थापा र खडकासहित एन्फाको पदाधिकारीहरु, तेक्वान्दो खेलाडि दिपक विष्ट लगायत फिल्मसम्बन्धी विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस्तै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, पुर्वमन्त्री हिसिला यमी लगायतको पनि प्रिमियरमा सहभागीता रहेको थियो ।
10306942_10202402968979988_120641365_n
चलचित्र बिकास बोर्डले बिशेष चलचित्रको रुपमा पुरस्कृत गरिसकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन । फुटबल खेल्ने किशोर हरुले बिश्वकपको सपना साचेको बिषयमाथी फिल्म तयार भएको हो । प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ निर्माता रहेको फिल्मको सहनिर्माताको रुपमा बिदुर बिष्ट र सुर्य सिंखडा रहेका छन । फिल्ममा गोपाल अर्याल, सोनु केसी, सर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, उमेश थापा लगायत एन्फा अन्डर १९ का खेलाडिहरुको समेत अभिनय रहेको छ । फिल्मको छयांकन मनिष पन्थले गरेका हुन भने फिल्ममा जुगल डंगोलको संगीत एवं कृष्ण भक्त मानन्धरको नृत्य रहेको छ ।

Namaste Filmy

Read Previous

रानीले गरिन सुटुक्क विवाह । पुरा बलिउडले पत्तै पाएन ।

Read Next

बन्ने भयो फिल्म 'थ्री रुम पार्टनर' । भारतीय गायक मिका सिंहको पाश्र्वगायन रहने ।