बन्ने भयो फिल्म 'थ्री रुम पार्टनर' । भारतीय गायक मिका सिंहको पाश्र्वगायन रहने ।

 [dropcap]का[/dropcap]ठमण्डौमा डेरामा बस्ने तीन जना टीनएज विद्यार्थीहरुको कथा समेटिएको फिल्म थ्री रुम पार्टनर बन्ने भएको छ । फिल्मलाई एस ईन्टरटेन्टमेन्ट प्रालिको व्यानरमा एडि उज्वल र मौसम कार्कीले निर्माण गर्न लागेका हुन । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको छ । कार्यक्रममा निर्माता एडि उज्वलको जन्मदिन समेत मनाइएको थियो । निर्माता तथा नायक को जन्मदिन पारेर नै फिल्मको औपचारिक घोषणा गरिएको हो ।3 room partnerफिल्मको निर्देशन भने युवा निर्देशक लक्ष्मण सुनारले गर्दैछन । सुनारले यस अघि ‘कसिंगर’ र ‘हनिमुन नाईट’को निर्देशन गरिसकेका छन्।

‘थ्री रुम पार्टनर’ मा मौसम कार्की, एडी उज्जल, ओम क्षेत्री, लक्ष्मण भण्डारी, सुरबिर पण्डित, चन्दा बिडारी लगायतका कलाकारको अभिनय रहनेछ । त्यस्तै फिल्ममार्फत रचना लामाले नायिकाको रुपमा डेब्यु गर्दैछिन ।
फिल्मको टाइटल गीतमा चर्चित भारतीय गायक मिका सिंहको पाश्र्वगायन रहनेछ । स्मरण रहोस मिकाले यसै फिल्ममार्फत पहिलो पटक नेपाली गीतमा आवाज दिन लागेका हुन ।
साहिल खड्का र ध्रुब विश्कोले संगीत रहने फिल्मका गीतहरुमा मिकासंगै संगीतकारद्धय खडका र बिश्कोको पनि स्वर रहनेछ ।
हरिनारायण चौधरीको छयांकन रहने फिल्म अगामी जेठको दोस्रो साताबाट फ्लोरमा जानेछ । बिशुद्ध किशोर किशोरीको कथामा बन्ने फिल्मको यहि बुधबारदेखि वर्कशप चल्नेछ ।

Namaste Filmy

Read Previous

एन्फा अध्यक्षले हेरे नेपालमै वल्डकप ।

Read Next

मापसे चेकिङ गर्दै डिआइजी स्टुडियोमै पुगेपछि ।