मापसे चेकिङ गर्दै डिआइजी स्टुडियोमै पुगेपछि ।

केटी :भेट्न आउछु भन्नेले भाका मात्रै सार्‍यो,
केटा :नरिसाउन डार्लिङ मापसेले मार्‍यो,
        बिच बाटोमै चेकिङ पर्‍यो, गाडीबाटै झार्‍यो,
        नरिसाउन डार्लिङ, मापसेले मार्‍यो !
[dropcap]यो[/dropcap] शब्द हो एक फिल्मको नयां गीतको । ब्यस्त निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘टाइगर द रियल हिरो’को नयां गीत रेकर्ड गरिएको छ । फिल्मको छयांकन सकिएर अन्य प्रविधिक काम चलिरहेको अवस्थामा सन्देशमुलक नयां गीत रेकर्ड गरिएको हो ।tiger the rel 1गीत रेकडिङको डीआइजी केशव प्रसाद अधिकारीले नरिबल फोडेर उद्घाटन गरे । ट्राफिक प्रहरीले समेत मादक पदार्थ सेवन गरी सवारी नचलाउन सचेतना जगाइरहेको समयमा चलचित्रमा नै सन्देशमुलक गीत समावेश भएपछि अधिकारी गीत रेकडिङ स्टूडियोमा नै पुगेर उदघाटन गरेका हुन ।

अर्जुन पोख्रेलको संगीतमा तयार भएको यो गीतमा रामजी खाँड र पुर्णकला वीसीले आवाज दिएका छन् ।
अगामी श्रावण बाट प्रदर्शनमा आउने तयारीमा रहेकोफिल्म टाइगर द रियल हिरोमा अशोक फुयाँल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट लगायतका कलाकारको अभिनय छ ।tiger the rel hero

Namaste Filmy

Read Previous

बन्ने भयो फिल्म 'थ्री रुम पार्टनर' । भारतीय गायक मिका सिंहको पाश्र्वगायन रहने ।

Read Next

बलिउड नायिका प्रियंका चोपडाको दोस्रो एल्बम रिलिज ।