प्रेमिकालाई सेन्सर बोर्डबाट यू सर्टिफिकेट ।

आगामी फाल्गुन १६ लाई रिलिज डेट तोकेको चलचित्र प्रेमिकाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । मन छुने मायप्रेमको कथा बोकेको चलचित्रलाई पछिल्लो समय नृत्य निर्देशनमा ब्यस्त रामजी लामिछानले निर्देशन गरेका हुन ।maxresdefaultरवि आचार्यको निर्माणमा बनेको फिल्म रिलिज डेट नजिकिदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारको मूल राजमार्गमा हिड्ने तयारीमा छन । फिल्ममा सुमन सिह, झरना थापा, शुशील पोखरेल, आर एल महर्जन, सुजित रुचाल लगायतको मुख्य अभिनय रहेको छ । दिनेश सुनामको संगीत रहेको फिल्ममा, शुशिल पोखरेलको कथा, दुर्गा पौडेलको छयांकन, बनिष शाह र विपिन मल्ल्को सम्पादन, रोशन श्रेष्ठको द्धन्द र रामजी लामिछाने को नृत्य रहेको छ । करिब एक बर्षअघि नै सार्वजनिक भएका फिल्मका गीतहरुलाई भने स्रोताहरुले अत्याधिक रुचाइसकेको छ । फिल्मको अफिसियल ट्रेलर भने केहि दिनअघि मात्र सार्वजनिक गर्रिको थियो ।

Namaste Filmy

Read Previous

आलोकलाई आफनो फिल्म निर्देशनको जिम्मा दिए सुदर्शनले

Read Next

तिमी उता म यता । भ्यालेन्टाइनमा बिराट र अनुष्का दुइतिर ।