गायिका कला पंगेनी लगायतका नेपाली कलाकारहरुले मुम्बईमा धमाका मच्चाउदै

राजेन्द्र कार्की
लोकदोहरी गीत मार्फत चर्चा पाउन सफल गायिका कला पंगेनी यति बेला भारतका विभिन्न सहरमा आफ्नो सुमुधुर गीत प्रस्तुत गर्दै छिन । अप्रिल १२ तारिखबाट भारत प्रस्थान गरेकी उहााको समुहमा अन्य कलाकारहरु अर्जुन कौशिल, नायिका दिपासा विक, शिव विक, दिपेश माझकोटी र कला पंगेनी समेतका पााच नेपाली संलग्न रहेका छन् ।
10287197_474072856056091_1279650520_nअप्रिल १६ मा गुजरातको राजकोटमा सांगेतिक कार्यक्रम प्रस्तुती बाट प्रारम्भ गरेको कला यात्रा २१ र २४ तारिकमा महाराष्ट्रको पुनामा कार्यक्रममा सहभागी हुने छन्, भने अन्तिम दिन अप्रिल २७ मा कला पंगेनी लगायत संलग्न कलाकारहरुले मुम्बईमा धमाका मच्चाउने छन । प्राय नेपाली दर्शकहरुले खच्चाखच भरिएको सबै कार्यक्रम स्थलहरुमा गायिका कलाले भरखर रेकर्ड गरिएको रैला “ रेस्टुरेन्ट की बार मा……” गाउादा दर्शकहरु बुत्रुक बुत्रुक्क उफ्रन बाध्य भएका थिए । उहााको चर्चित रहेको गीत “जवानीको जोश ….” “माया मारेर….” दर्शकहरुको अनुरोधमा पटक पटक दोह्रयाउनु परेको गायिका कलाले जानकारी दिनु भएको छ ।
10299410_474071762722867_38238452_n
उत्साह वर्धक रहेको कार्यक्रममा अर्जुन कौशिलले “भिरको बाटो मा …” “यानी माया हो….” र थारु भर्सन “बठनिया हो….” लगायत पप र लोक गीत समेत प्रस्तुत गर्नु भएको थियो । शिव विकले समसामयीक कमेडी र नृत्यु प्रस्तुत गर्नु भएको थियो भने नायिका दिपासाले मोर्डन कलिउड डान्स प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिव बिकले कोरीयोग्राफमा समेत सघाउनु भएको थियो । १५ दिनको कार्यक्रम रहेको कलाकारहरुको समु्ह २८ तारिखमा नेपाल फर्कन्दैछन । कार्यक्रमको आयोजक तथा ब्यवस्थापक भारतमा बसोबास गर्दै आइरहनु भएका हरी जीले गर्नु भएको हो ।

Namaste Filmy

Read Previous

बलिउड नायिका प्रियंका चोपडाको दोस्रो एल्बम रिलिज ।

Read Next

फ्राइडे रिलिज: 'नोभेम्बर रेन'संगै 'कबड्डी' र अन्य हिन्दी फिल्महरु ।