फ्राइडे रिलिज: 'नोभेम्बर रेन'संगै 'कबड्डी' र अन्य हिन्दी फिल्महरु ।

[dropcap]सि[/dropcap]नेमा बजारमा यो साता निकै ठुलो भिडन्त हुने देखिन्छ । निकै नै आशा गरिएका दुई नेपाली फिल्महरु यसै साता आउदैछ । लामो समयदेखि मिडियामा छाइरहेको फिल्म ‘नोभेम्बर रेन’ र प्रोमो तथा डाइलगहरुले चर्चामा रहेको फिल्म ‘कबड्डी’ यो शुक्रबारबाट रिलिज हुदैछ । त्यस्तै बी टाउनमा पनि यो साता तीन वटा फिल्महरु एकसाथ रिलिज हुदैछ । हेरौ यो साता के टाउन र बी टाउनमा रिलिजको तयारीमा रहेको विभिन्न फिल्महरुको छोटो प्रिभ्यु :

नोभेम्बर रेन:

november
सुवास इन्टरटेन्टमेन्टसंग मिलेर नायक आर्यन सिग्देलले निर्माण गरेको फिल्म नोभेम्बर रेनलाई दिनेश राउतले निर्देशन गरेका हुन । आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ लगायतको अभिनय रहेको फिल्मको गीतसंगीत अहिले निकै चर्चित छन ।

कबड्डी:

Kabaddi-nepali-movie-Dayahang Rai
रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म कबड्डी बिशुद्ध गाउले प्रेम र शहरीया आकर्षणको मसलेदार कथा हो । फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, रीश्मा गुरुङलगायतको अभिनय रहेको छ । फिल्मका विभिन्न डायलगहरु अहिले बजारमा निकै चर्चित छन ।

कांची:
बलिउडका बाघ निर्माता सुभाष घइको निर्माण निर्देशनमा तयार भएको फिल्म कांची पनि यसै साता बी टाउनमा रिलिज हुदैछ । फिल्ममा ऋषि कपुर, मिथुन चक्रवर्ती, मिश्ती, कार्तिक आर्यन लगायतको अभिनय रहेको छ ।
सम्राट एण्ड कम्पनी:
सामन्य बजेटको फिल्म सम्रँट एण्ड कम्पनीलाई राजश्री प्रोडक्सनको ब्यानरमा कैशिक घातकले निर्देशन गरेका हुन । फिल्ममा राजीव खान्डेलवाल, मदशाला शर्मा, गोपाल दत्त, गिरीश कर्नाड लगायतको अभिनय रहेको छ ।
रिभल्वर रानी:
फिल्म रिभल्वर रानीलाई सई सविर ले निर्देशन गरेका हुन । कंगना रणवतको सशक्त अभिनय रहेको फिल्ममा वीर दास, पियुष मिश्रा लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

गायिका कला पंगेनी लगायतका नेपाली कलाकारहरुले मुम्बईमा धमाका मच्चाउदै

Read Next

चितवनको 'हाम्रो एफ एम'बाट बिश्वभर प्रिमियर गरियो, फिल्म 'हिम्मतवाली'को गीत ।