चितवनको 'हाम्रो एफ एम'बाट बिश्वभर प्रिमियर गरियो, फिल्म 'हिम्मतवाली'को गीत ।

[dropcap]के[/dropcap]हि दिन अघि मात्र युटुबमा सार्वजनिक भएपनि पुन हटाइएको फिल्म ‘हिम्मतवाली’को गीत सार्वजनिक मिडियामा पहिलोपटक प्रसारण गरिएको छ । बिहिबार चितवनको भरतपुरमा अवस्थित हाम्रो एफ एम ९४ मेगाहर्जwww.hamrofm.com.np मार्फत फिल्मको ‘काली तिम्रो नजरैले’ बोलको शिर्ष गीत संसारभर एकसाथ सुनिएको हो । गीतमा टंक बुढाथोकिको संगीत रहेको छ भने दयाराम पाण्डेको शब्द र संगीतकार टंक बुढाथोकि संगै मनिषा पोखरेलको स्वर रहेको छ ।himmatwali
गीत प्रिमियर गर्ने क्रममा बोल्दै फिल्मकी निर्मात्री, निर्देशक तथा नायिका रेखा थापाले यसअघिका अन्दाज, काली लगायत फिल्मको गीतलाई भन्दा यस गीतलाइ दर्शक स्रोताहरुले अझ माया गर्ने मा आफु आशावादी रहेको बताइन । त्यस्तै उनले संगीतकार टंक बुढाथोकीको पनि निकै खुलेर प्रशंसा गरिन । दयाराम पाण्डेको शब्दमा टंक बुढाथोकी उत्कृष्ट कम्पोजिसन रहेकोले गीत हिट हुनेमा थापा ढुक्क देखिइन ।
उनले तपस्वीहरुको भुमि तथा भागवानको बास भएको पवित्र स्थान चितवनबाट आफ्नो फिल्मको गीत रिलिज गर्न पाउनु आफनो लागी अहोभाग्यको कुरा रहेको बताउदै अत्यन्त खुशी लागेको बताइन ।
स्मरण रहोस हिम्मतवालीका गीतहरु बुढासुब्बा म्युजिकले केहि दिनअघि मात्र युटुबमा रिलिज गरेको थियो तर रेखाले भिडियो आएपछि मात्र गीतलाई सार्वजनिक गर्ने भनेपछि पुन युटुबबाट हटाइएको थियोhimmatwali
यता फिल्मको बारेमा बोल्दै थापाले फिल्म उत्कृष्ट बनेको र आफ्नो पहिलो निर्देशन भएपनि दर्शकलाई नयां नलाग्ने दाबी गरिन । उनले निर्देशक भनिएको ब्यक्तिले जिम्मेवारी पुरा गर्न नसकेपछि उसलाई हटाएर आफुले फिल्मको निर्देशन गरेको स्पष्ट पारिन । भवितब्य अवस्थामा जे गर्न पनि सक्षम हुनुपर्ने उनको भनाई थियो ।
पछिल्लो समय चर्चामा रहेको बिषय सुदर्शन र आफुबीचको प्रेमलाई भने रेखाले सामन्य रुपमा लिइन । आफुले हरेक मान्छेलाई प्रेम गर्ने बताउदै उनले सुदर्शनको हरेक काम र प्रतिभा पनि आफुलाई मन पर्ने बताइन । तर यसको अर्थ विवाह हुने प्रेम भनेर नबुझ्न सबैलाई आग्रहसमेत गरिन । भगवान श्रीकृष्णले पनि आफनो गोपिनीहरु हुदाहुदै राधासंग मन साटेको प्रसंग जोडदै रेखाले मन मिलेपछि माया जोसंग पनि साटन सकिने अभिब्यक्ति दिइन ।  ‘तर त्यो माया वा प्रेमको अर्थ विवाह नै होइन’- उनले  भनिन ।

rekha बर्षकी नम्बर वान अभिनेत्री थापाले निर्माण गरेको फिल्म ‘काली’ बर्ष २०७० कै सर्वोत्कृष्ट फिल्म बनेको थियो । थापा फेरी त्यहि सफलतालई दोहोर्याउदै इतिहास रच्ने लक्ष्यका साथ ‘हिम्मतवाली’को निर्माण गरिरहेकी छिन । फिल्म ‘हिम्मतवाली’ अगामी दशैको फुलपातीबाट प्रदर्शनमा आउनेछ । स्मरण रहोस गतबर्षको ब्लकबस्टर फिल्म ‘काली’ पनि फुलपातीकै दिन रिलिजमा आएको थियो ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज: 'नोभेम्बर रेन'संगै 'कबड्डी' र अन्य हिन्दी फिल्महरु ।

Read Next

'मिस नेपाल' अष्ट्रियामा प्रर्दशन हुने ।