'मिस नेपाल' अष्ट्रियामा प्रर्दशन हुने । 

राजेन्द्र कार्की । 
[dropcap]शु[/dropcap]भेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “मिस नेपाल” अष्ट्रियामा प्रर्दशन हुने भएको छ । चलचित्रकी निर्मात्री तथा नायिका शुभेच्छा थापाले आफ्नो फेसबुकको वालमा अष्ट्रियाको मारिया हिल्फे स्त्रासे ५७, १०६०, भियनास्थित “हेडन किनो” चलचित्र गृहमा मे ४ मा फिल्म प्रर्दशन गर्न लागिएको उल्लेख गरेकि छिन । उनले फिल्म हेरिदिन अष्ट्रियामा बसोवास गरिरहेका नेपालीहरुमा अनुरोध समेत गरेकि छिन ।miss nepalबैशाख ५ गते अल नेपाल रिलिजको तयारी भइरहँदा निमात्री थापाले एकाएक पत्रकार सम्मेलन गर्दै जेष्ठ ९ अर्थात मे २३ तारिख अल नेपाल रिलिज गरिने जानकारी दिनु भएको थियो । भने प्रतिक्रियामा उहाँले जे हुन्छ राम्रो कै लागि हुन्छ, जेष्ठ ९ गते पनि चलचित्र प्रर्दशनका लागि उपयुक्त समय रहेको बताउनु भएको थियो ।

चलचित्रको प्रचारप्रसारका लागि निर्मात्री तथा नायिका शुभेच्छा थापाले अर्धनग्न शरिरको बक्षस्थलमा माछाले ढाकिएको तस्विर समेत सार्वजननिक गर्नु भएको थियो जुन उहाँका शुभेच्छुकहरुले त्यस प्रति आपत्ति जनाउनु भएको थियो । यता नेपालमा वर्षेनी हुने गरेको सुन्दरी प्रतियोगीताका आधिकारीक संस्था हेडन ट्रेजरले समेत “मिस नेपाल” ब्राण्ड नै हाम्रो हो भन्दै राजधानीमा हुन लागि रहेको च्यारिटी सो नै रोक्ने प्रयास समेत गरेको थियो । मार्मिक नारी समवेदनाका साथै नारी साहसमा आधारित यस चलचित्रका कालकारहरुमा क्षितिजा शाक्य, सुनिल सिंजापति, सविन श्रेष्ठ, कल्याण घिमिरे लगायतका रहेका छन् । रिलिज पुर्व नै चर्चा तथा विवादमा रहँदै आइरहेको चलचित्र मिस नेपाल आउँदो जेष्ठ ९ गते अल नेपाल रिलिजका लागि निर्मात्री तथा नायिका शुभेच्छा थापा जोडतोडले लागि परिरहेकी छिन ।

Namaste Filmy

Read Previous

चितवनको 'हाम्रो एफ एम'बाट बिश्वभर प्रिमियर गरियो, फिल्म 'हिम्मतवाली'को गीत ।

Read Next

कण्डम देखाएरै हिट बने रणवीर सिहं ।