चलचित्र 'कमला' को मुहुर्त सम्पन्न ।

[dropcap][/dropcap]सअघि नायिका रेखा थापाले ‘कमला’ नामको फिल्म बनाउने हल्ला सुनिएको थियो । तर उनी कमलालाई छाडेर हिम्मतवालीको निर्माणमा जुटेपछि कमला कहां पुग्यो कसैले चासो दिएका थिएनन । तर अब भने कमला सच्चिकै निर्माण हुने भएको छ ।
नयां निर्देशक समिर मियांको निर्देशनमा फिल्म ‘कमला’ बन्ने भएको हो ।kamala-muhurtaबिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको मुहुर्त गरिएको छ । फिल्ममा पछिल्लो समयका ब्यस्त नायक सबिन श्रेष्ठ र सलोनी गुरुङको मुख्य भुमिका रहनेछ । सलोनी फिल्मका निर्मात्रीसमेत हुन । उनीसंगै निर्देशक मिया र पुर्ण महर्जनले पनि फिल्ममा लगानी गर्नेछन । बिनोद सापकोटाको छयांकन रहने फिल्ममा ओम सुनुवारको संगीत, कथा पटकथा तथा सुरेश चौधरीको नृत्य रहनेछ ।
जानकारीअनुसार यस फिल्म चलचित्र बिकास बोर्डमा दर्ता नै नगरेर काम सुरु गरीएको बुझिएको छ । यसअघि नायिका रेखा थापाले आफ्नो फिल्म कमला दर्ता गरिसकेको भएमा यो फिल्म युनिटले फिल्मको नाम नै परिवर्तन गर्नुपर्ने देखिन्छ ।kamala

Namaste Filmy

Read Previous

कण्डम देखाएरै हिट बने रणवीर सिहं ।

Read Next

चलचित्र "कबड्डी"को प्रिमियर(फोटो फिचर )