हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरे

हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरेका छन ।निकोलस केजले केही दिन पहिले मात्र मेकअप आर्टिस्ट एरिका कोइकसँग विवाह गरेका थिए ।

सामाजिक सञ्जालमा निकोलसका फ्यानले किन यस्तो भयो भन्ने प्रश्न गरिरहेका छन् । तर, निकोलस मौन छन् । यति चाँडो विवाह तोडेको समाचार आए पनि निकोलस र एरिका दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
पश्चिमी मिडियाहरूका अनुसार दुवैले गत शनिबार विवाह दर्ताका लागि निवेदन पेस गरेका थिए र त्यही दिन दर्ता पनि भएको थियो । ५५ वर्षीय निकोलसले गत बुधबार नै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दिएका थिए ।

Namaste Filmy

Read Previous

बुटवलका हलहरुमा प्रतिकृया लिदै शुभलभ टिम

Read Next

अनमोल केसीको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा (भिडियो)