अनमोल केसीको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा (भिडियो)

युवा स्टार नायक  अनमोल केसीको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ३’को  ट्रेलरले युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएको चार दिनपछि मात्रै ट्रेन्डिङ्गको शिर्ष स्थानमा उक्लीएको हो । यस अघि चलचित्रको सार्वजनिक सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप बनाएको छ ।

युट्युबको ट्रेन्डिङ वानमा रहेको यस ट्रेलरलाई यो समाचार तयार पर्दा सम्म ६४  हजार भन्दा बढी लाईक मिलेको छ भने २ हजार ३ सय डिसलाईक मिलेको छ ।करिब १५  लाख पटक हेरिएको यस गीतमा करिब ९ हजार ६ सय कमेन्ट आएको छ ।

‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतका कारण निकै चर्चामा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ बाट झरना थापाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् ।सांगीतिक प्रेमकथामा आधारित ‘ए मेरो हजुर ३’ अनमोल र सुहाना सगै सरोज खनाल ,सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतको अभिनय रहेको छ ।

चैत २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् ।यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो ।

यस चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत  र सञ्जय लामाको छायांकन रहेको छ ।हिमाल केसीको द्वन्द्व निर्देशन तथा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको ‘ए मेरो हजुर ३’ लाई दिर्घ खड्काले सम्पादन गरेका हुन्  ।

Namaste Filmy

Read Previous

हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरे

Read Next

बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउने