चलचित्र "कबड्डी"को प्रिमियर(फोटो फिचर )

सुजन भट्ट ,काठमाण्डौ
राजधानीको कुमारी हलमा बिहिबार बेलुका नेपाली चलचित्र “कबड्डी”को प्रिमियर गरिएको छ ।चलचित्रका “कबड्डी” कलाकार ,निर्देशक ,निर्माता ,पत्रकार लगायत अन्य कलाकारहरु सौगात मल्ल ,दीपक राज गिरि ,दिपाश्री निरौला ,राजेश पायल राई,केकी अधिकारी ,प्रियंका कार्की ,रिचा सिंह ठकुरी ,सत्य राज आचार्य,स्वरुप राज आचार्य लगायत सो चलचित्रको प्रिमियर हेर्न कुमारी हलमा पुगेका थिए ।
974618_10202414040656773_262408432_n
शुक्रबार बाट चलचित्र “कबड्डी”देशै भरि बाट प्रदर्शनमा आउदै छ भने पोखरा ,हेटौडामा भने चलचित्र बिहिबार बाट नै प्रदर्शनमा आएको छ ।चलचित्र हेरेर निस्केका प्राय जसोले कमेडी धारको चलचित्र “कबड्डी” सारै मन परेको प्रतिक्रिया दिएका छन् ।रामवावु गुरुड्डको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा आधा सुर ब्याण्डको संगीत , कुमार मर्हजनको द्धन्द्ध ,निमेष श्रेष्ठको सम्पादन ,पुरुषोत्तम प्रधान को छायांकन रहेको छ ।
10259611_10202414040496769_991922791_n
दयाहाड्ड राई, राजन खतीवडा, निश्चल वस्नेत, रिश्मा गुरुड्ड, लगाएतले अभिनय गरेको चलचित्र शुक्रवारवाट देशभरका ५८ भन्दा वढी सिनेमा घरहरुवाट प्रर्दशनमा आउने भनिए पनि ‘नाईं नभन्नू ल २ले द्रोश्रो सातामा पनि राम्रो व्यापार गर्न सफल भईरहेकोले चलचित्र ‘नाईं नभन्नू ल २”तेश्रो सातामा पनि प्रदर्शन हुने निश्चित भए पछि चलचित्र “कबड्डी” तेती धेरै हल नपाउने देखिएको छ । करिब ५० लाखको लगानी भनिएको चलचित्र कबड्डी मुस्तांगको रमणीय ठाउँ र काठमाण्डौमा छायांकन गरिएको छ ।
10270917_10202414038896729_2101539955_o
आफ्नै मामाको छोरीलाई सिमा नाघेर गरेको प्रेम र त्यो प्रेमकथामा भांजो हाल्न सिमा नाघेरै आईपर्ने सहरीया विचको भिडन्त चलचित्रमा देखाउन खोजीएको छ । चलचित्रकमा सामाजीक प्रेम कथा संगै हास्य प्रधान बिषयबस्तु समेटेको छ ।
10247318_10202414195060633_5355075991765087644_n
10245376_10202414259902254_1681046036263524473_n 10155407_10202414261662298_190836153484385251_n 10155407_10202414261662298_19083615348438525aa1_n 1661623_10202414251742050_9057826566921897147_n
 

Namaste Filmy

Read Previous

चलचित्र 'कमला' को मुहुर्त सम्पन्न ।

Read Next

नायिका नितु पोख्रेलद्धारा गल्र्स होस्टल संचालन मार्फत समाज सेवा