नायिका नितु पोख्रेलद्धारा गल्र्स होस्टल संचालन मार्फत समाज सेवा

राजेन्द्र कार्की
967471_474838542646189_115653788_nनेपाली चलचित्र फ्याल्स् ब्याक र सुटमा नायिकाको भूमिका निर्वाह गरी सकेकी नितु पोख्रेलको समाज सेवामा रुचि बढ्दै गइरहेको बताएकी छिन । बैशाख १३ गते  उहाँद्धारा संचालन हुन गइरहेको होस्टल उद्घाटन कार्यक्रमको सम्बन्धको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । नायिका नितुले दुइ दर्जन भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ भने एक दर्जन बिज्ञापनहरुका लगि मोडलिङ्ग समेत गरिसक्नु भएको छ । लेडिज होस्टल संचालन मार्फत समाजिक सेवामा रुचि बढ्नुको जिज्ञासामा उहाँ भन्नु हुन्छ “देशको विभिन्न स्थानबाट अध्ययनका लागि राजधानी आउने किशोरीहरु कोठा नपाउने काठमाण्डौंको समस्या र पाइहाले पनि विभिन्न असुविधाका कारण अध्ययन कार्यमा नै असर पर्न जाने आफुले प्रत्यक्ष देखेकोले अध्ययनका शिलशिलामा राजधानी आउने महिलाहरुलाई बस्न, खान र अध्ययन समेतको उपयुक्त ब्यवस्था हुन सकोस भन्ने उद्देश्यबाट प्रेरित भई प्रारम्भ गरेको सेवा सहितको ब्यावसाय हो” उहाँ अगाडि भन्नु हुन्छ “ आफ्नो अभिनय र मोडलिङ्ग पेशालाई समेत यथावत नै राख्दै स्थायी रुपमा ब्यवसाय पनि गरौं र समाज सेवा पनि गरौं भन्ने सोचले लेडिज होस्टल संचालनमा लागेको हुँ”।
10312145_474838535979523_411125805_n
पेशाले महिला स्वास्थ्यकर्मी समेत रहनु भएकी नायिका नितुले संचालन गर्न लाग्नु भएको होस्टलको उद्घाटन वरिष्ट चलचित्रकर्मी उद्धव पौडेलद्धारा हुन गइरहेको पनि बताउनु भएको छ । कृतिका गल्र्स होस्टल प्रा.लि.को नाममा संचालन हुन गइरहेको सो लेडिज होस्टल मित्र पार्क–७, पशुपति क्याम्पस अगाडि रहेको पनि उहाँले जानकारी दिनु भएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र "कबड्डी"को प्रिमियर(फोटो फिचर )

Read Next

'मुखौटा' मा सौगातले अश्लील बोलेपछि । भिडियो ।