‘कान्छी’लाई दुई दिनमै २० लाख भ्युज

नयाँ बर्ष ०७६ सालको अवसर पारेर श्वेता खड्काको ‘कान्छी’ युटुवमा सार्वजनिक भएको छ । सार्वजनिक प्रदर्शन हिट भएको ‘कान्छी’ले युटुवमा पनि सकारात्मक प्रतिक्रिया सहित भ्युज बढाउँदैछ । निर्माता समेत रहेकी श्वेता र अभिनता दयाहांग राईको मुख्य भूमिका रहेको कान्छीलाई दुई दिनमै झण्डै २० लाख बढीले हेरेका छन् । हाल फिल्म युटुव ट्रेन्डिंगको तेस्रो स्थानमा छ ।

आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’मा श्वेता र दयासँगै प्रज्वल सुजल गिरी, अनु शाह, अशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय छ । फिल्मको ‘चरी चट्ट परी’ गीत हिट भएको थियो ।

Namaste Filmy

Read Previous

२० लाख पारिश्रमिकमा पूजाले साईन गरिन ‘पोई पर्यो काले’

Read Next

‘दयारानी’ गीतमा देखीए दयाहाङ राई र दिया पुन