स्वं. शिव रेग्मीको नाममा ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ स्थापना

माघ २८ , काठमाण्डौ
आज काठमाण्डौमा एक कार्यक्रम बिच ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ स्थापनाको घोषणा गरिएको छ ।नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक स्वं. शिव रेग्मीप्रति हार्दिक श्रद्वाञ्जली ब्यक्त गर्दै उहाँको सम्मान स्वरुप मिराकल मिडिया प्रालिले एक लाख रुपैयाको अक्षयकोष सहित पुरस्कारको स्थापना गरेको छ ।unname1
एक पत्रकार सम्मेलनको आयोजना गरि पुरस्कारको बारेमा आज सबैलाई जानकारी गराईएको हो । शिव रेग्मी प्रति हर्दिक श्रदाञ्जली ब्यक्त गर्दै एक मिनेटको मौन धारण गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ नाम दिईएको उक्त पुरस्कार घोषणा कार्यक्रममा विषेश अतिथि बनेर चितवनबाट आएकी रेग्मी पत्नी ज्ञानुले शिव रेग्मीका बारेमा भनेका कुराहरुले भने सबैको आँखा रसाए ।
unnamed “जिन्दगीमा कहिल्यै आशु नदेखाउ, सदैव संघर्ष गरिरहू, हारेको बेलामा मात्र आशु झार्नुपर्छ भनेर उहाँले भन्ने गर्नुहुन्थ्यो” स्वं. रेग्मीलाई सम्झदै उहाँले भन्नुभयो “विरामी भएपछि पनि उहाँले भन्ने गर्नुहुन्थ्यो एउटा भब्य सिनेमा बनाउने चाहना छ, तर उहाँको यो चाहना कहिल्यै पुरा हुन सकेन ।” उहाँले चलचित्रको बारेमा देखेको सपना बंगलादेशमा डाक्टर पढिरहेको छोरोले दुई बर्ष भित्रमा चलचित्र बनाएर पुरा गर्ने पनि बताउनु भयो । आँखाभरि आँशु लिएर आज आफु उहाँको मायाले हारेको बताउदै शिव रेग्मीको प्रर्दशनको हिसाबले अन्तिम सिनेमा ‘मनले मनलाई छुन्छ’ हेरिदिन पनि आग्रह गर्नुभयो ।unnaddmed “उहाँले छोराछोरीलाई असाध्यै माया गर्नुहुन्थ्यो, सानो सानो कुरामा पनि निकै केयर गर्नुहुन्थ्यो” स्वर्गवासी श्रीमानलाई सम्झदै उहाँले भन्नुभयो “आमाबुबा र छोराछोरी बीचको हाम्रो जस्तै प्रेम, चलचित्र मनले मनलाई छुन्छ मा पनि देखाईएको छ , त्यसैले सबैलाई अनुरोध गर्दछु उहाँको यो अन्तिम कामलाई सबैले हेरिदिनुहोला ।”‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ नेपाल चलचित्र निर्माता संघको रोहबरमा रहनेछ । निर्माता संघमा एक समिति गठन गरि सिफारिस गरिएको ब्यक्तिलाई निर्माता संघको हरेक बार्षिक साधारण सभाबाट ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ प्रदान गरिनेछ । यो पुरस्कारको राशी दश हजार रुपैयाँ हुनेछ ।unnamerrdचलचित्र सम्बन्धि राम्रो काम गर्ने स्पाट ब्वाईदेखि निर्देशक सम्म, कलाकारदेखि पत्रकार सम्म जो कोहीलाई पनि यो पुरस्कार प्रदान गर्न सकिने कार्यक्रममा जानकारी गराईएको छ ।कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक संकका अध्यक्ष मनोज केसी, कलाकार केशब भट्टराई, संगीतकार बसन्त सापकोटा, गायक दिपक लिम्बु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले स्वं शिव रेग्मीको नाममा पुरस्कार स्थापना हुनु आफैमा राम्रो काम भएकाले यस्ता कामहरु आगामी दिनमा अन्य चलचित्रहरुबाट पनि हुनु आवश्क रहेको बताए । स्व. निर्देशक शिव रेग्मीले निर्देशन मा नायक  विरेन श्रेष्ठ र सुनिल सिटौलाले मिलेर निर्माण गरेको चलचित्र  ‘मनले मनलाई छुन्छ’  विरेन श्रेष्ठ ,गरिमा पन्त, सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारहरुकोअभिनय  रहेको छ । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’मा शम्भू सापकोटाको छायांकन ,हिमाल केसीको द्धन्द्ध, ,शिव रेग्मी र कविराज गहतराजको नृत्य ,बनिश शाहको सम्पादन रहेको छ  ।‘चलचित्र मनले मनलाई छुन्छ’ यही चैत्र २८ गते अलनेपाल रिलिज हुदैछ ।unnallmed

Namaste Filmy

Read Previous

तिमी उता म यता । भ्यालेन्टाइनमा बिराट र अनुष्का दुइतिर ।

Read Next

निर्मल र शुभेच्छासंग राजनको यो सम्बन्ध