आमा बन्दै बलिउड नायिका जेनेलिया डिसुजा ।

[dropcap][/dropcap]लिउड अभिनेत्री जेनेलिया डिसुजा आमा बन्ने भएकि छिन । आउदो महिनासम्म उनी आमा बनिसक्ने उनी निकट स्रोतको भनाई छ । यसअघि जेनेलिया गर्भवती रहेको हल्ला बजारमा सुनिएपनि उनी र उनका पति नायक रितेश देशमुखले नकार्दै आइरहेका थिए ।jeneliyaआफुहरुलाई सन्तानलाभ हुन लागेको कुरा गोप्य राख्न चाहने यी जोडीको वास्तविकता त्यतिवेला थाहा भयो जतिबेला आइफा अवार्ड फंसनमा जेनेलिया उपस्थिति भइनन । अवार्ड समारोहमा रितेश एक्लै पुगेका थिए । स्रोतका अनुसार जेनेलिया घरमै अराम गरिरहेको बताइएको छ । यसअघि जुनसुकै सार्वजनिक कार्यक्रममा रितेश र जेनेलिया छुट्ने थिएनन । तर यसपटक रितेश एक्लै देखेर पनि जेनेलियाको डेलिभरी मिति अत्यन्त नजिक रहेको चर्चा चल्न थालेको छ ।
जेनेलिया र रीतेश ले केहि बर्षअघि प्रेमविवाह गरेका थिए । यी दुवै बलिउडमा चिनिएका नाम हुन ।

Namaste Filmy

Read Previous

'मुखौटा' मा सौगातले अश्लील बोलेपछि । भिडियो ।

Read Next

निर्देशक समाजको ६ पदाधिकारीले दिए राजीनामा ।