निर्देशक समाजको ६ पदाधिकारीले दिए राजीनामा ।

[dropcap][/dropcap]लचित्र निर्देशक समाजको कार्यसमितिमा रहेका ६ जना पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनीहरुले शुक्रबार निर्देशक समाजको कार्यालयको दर्ता नम्बर ३३ मा राजिनामा पत्र दर्ता गराएका हुन ।director
राजिनामा दिनेहरुमा महासचिव ऋषी लामिछाने, प्रथम उपाध्यक्ष राजु केसी, सचिव श्याम भट्टराई, सह(कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु आरवीके शरद र महेश प्रसाद ढुङ्गेल छन् । अध्यक्षले संस्थालाई एकलौटी बनाउन खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन ।
दुई साताअघि पोखरामा सम्पन्न फिल्म वर्कशप नै सामुहिक राजिनामाको मुख्य आधार हो । ६ जनाले हस्ताक्षर गरेको पत्रमा वर्कशप सम्पन्न गर्नका लागि सामान्य प्रक्रिया समेत नपनाएको तथा पत्राचार तथा आर्थिक प्रस्तावहरू नियम संगत नदेखिएकाले गर्दा आर्थिक अपारदर्शिता भएको कारण उल्लेख छ । यस्तै हस्ताक्षर पत्रमा कार्यसमितीले गरेका र प्राथमिकतामा रहेका निर्णयहरूलाई लत्याउँदै कार्यसमितीको म्याण्डेड विपरित व्यक्तिगत रूपमा अगाडी बढ्ने कार्य अध्यक्षबाट भएको कुरा पनि उल्लेख गरिएको छ ।

Namaste Filmy

Read Previous

आमा बन्दै बलिउड नायिका जेनेलिया डिसुजा ।

Read Next

यी हुन सलमान खानको पहिलो प्रेमिका ।