यी हुन सलमान खानको पहिलो प्रेमिका ।

 [dropcap][/dropcap]लिउड सुपरस्टार सलमान खानको पहिलो प्रेमिका संगीता बिजलानी पुन एकपटक मिडियामा चर्चित बनेकि छिन । उनी करिब २० बर्षपछि फिल्ममा फर्किन लागेकाले उनको चर्चा बढेको हो । बताइएअनुसार पछिल्लो समय संगीताको पर्सनल लाइफमा तनाव बढिरहेको छ ।salman-sangitiउनी पछिल्लो केहि समय यता पति एवं चर्चित क्रिकेटर मोहम्मद अजरुद्दिनसंग अलग्गिएर बसीरहेकी छिन । संगीताको यो तनावलाई न्युन गर्नको लागी सलमान खान र उनको परिवारले निकै ठुलो सहयोग गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । समाचारअनुसार सलमानकै सहयोगले संगीता फिल्म अभिनयमा फर्किन लागेको जनाइएको छ । स्मरण रहोस एक समयकी हट एवं सेक्सी मानिने यी नायिका सन १९९६ मा क्रिकेटर अजरुद्दिनसंग विवाह गरेपछि फिल्मी दुनियाबाट टाढिएकि थिइन । उनी अजरुद्दिनको दोस्रो श्रीमतीको रुपमा भित्रिएकि थिइन । त्यसअघि उनी सलमानसंग लामो समय अफेयरमा रहेकि थिइन । मिस इंडियाको बिजेतासमेत रहेकि संगीता सलमानको पहिलो प्रेमिका थिइन । संगीताकै कारण सलमान हालसम्म अविवाहित रहेको पनि बेलाबेलामा चर्चा चल्ने गर्दछ ।

Namaste Filmy

Read Previous

निर्देशक समाजको ६ पदाधिकारीले दिए राजीनामा ।

Read Next

द्धन्द कलाकार संघको अध्यक्षमा पुन: योगेन्द्र श्रेष्ठ ।