द्धन्द कलाकार संघको अध्यक्षमा पुन: योगेन्द्र श्रेष्ठ ।

yogendra[dropcap][/dropcap]लचित्र द्धन्द्ध कलाकार संघको नयां कार्यकालको लागी पुन योगेन्द्र श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । शनिबार सम्पन्न चुनावी साधारणसभाले पछिल्लो कार्यकालकै अध्यक्ष योगेन्द्रलाई नेतृत्व सुम्पेको हो । उनी आफनो प्रतिद्धन्दी सुर्य थोकरलाई १९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । श्रेष्ठले ४३ मत ल्याएका थिए भने थोकरले जम्मा २४ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा भएको भिडन्तमा चन्द्र  पन्तलाई ८ मत अन्तरले हराउदै भरत क्षेत्री निर्वाचित भएका छन् । जम्मा खसेको ७० मतमध्य भरतले ३६ मत ल्याएका थिए भने पन्तले २८ मत प्राप्त गरेका थिए ।
१३ सदस्य कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष  पदका लागि निर्वाचन भएको थियो भने ९ सदस्य र एक महासचिव पद निर्विरोध चयन भएका छन । सचिव पद चाहि कार्यसमितिमा राखिएको छैन् ।
यस्तै कोषाध्यक्षमा बब्लु बिक्रम थापा ३२ मत ल्याएर बिजय भए भने उनीसंग पराजित रमेश कुटुवाले ३० मत ल्याए ।
त्यस्तै नयां कार्यसमितिमा महासचिव राज कुमार उप्रेती सदस्यहरु सागर सुनुवार, संञ्जय थापा, शुक्रराज शाह, भुपेन्द्र बि।सी।, रेवन्त विक्रम थापा, संञ्जय महर्जन, लक्ष्मी दाहाल ९किरण० केवी राजवाहक र राजाराम गौतम निविरोध चयन भएका छन ।

Namaste Filmy

Read Previous

यी हुन सलमान खानको पहिलो प्रेमिका ।

Read Next

पब्लिसिटीको लागी मोफसल केन्द्रित 'आवारण' टोली ।