पब्लिसिटीको लागी मोफसल केन्द्रित 'आवारण' टोली ।

[dropcap][/dropcap]गामी जेठ ९ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आवारण’ को प्रचारप्रसारको लागी फिल्मको निर्देशक सहितको एक टोली मोफसल निस्किने भएका छन । उक्त टोलीले मोफसलको विभिन्न मुख्य शहरहरुमा फिल्मको बारेमा जानकारी दिदै फिल्मको सिडि, पोस्टर तथा टिसर्ट बितरण गर्नेछन । फिल्मका निर्देशक सुवास कोइराला, नायिका प्रियंका कार्कि र निर्माता रोजन श्रेष्ठको टोली पोखरा, नारायणगढ, बुट्वल हुदै धरानसम्म पुग्नेछ । सोमबार बाट सुरु हुने चार दिने उक्त प्रचारप्रसारबाट फिल्मको बारेमा दर्शकमाझ अझ धेरै जानकारी पुग्ने आशा फिल्म युनिटले लिएको छ ।awaran
यसअघि फिल्मको ट्रेलर तथा गीतहरु सार्वजनिक गरिसकेको फिल्मको नयां ट्रेलर रिलिजको तयारीमा छ । त्यस्तै फिल्मको केहि सातापहिलो सार्वजनिक भएको नायिका प्रियंका र र्यापर यम बुद्धको फिचरिङ रहेको गीतले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।  पछिल्लो समय फिल्मको ब्यापक पब्लिसिटी नगरी फिल्मले राम्रो नतिजा नदिने देखेपछि आवारण टोली पनि यस अभियानमा लागेका हुन । यसअघि पनि फिल्म युनिटले बागमति सरसफाई गर्दै फिल्मको प्रचार गरेका थिए ।
सुबास कोइराला निर्देशित फिल्ममा अनिल योञ्जनसंगै यसमा लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी रहेको छ ।
फिल्ममा प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

द्धन्द कलाकार संघको अध्यक्षमा पुन: योगेन्द्र श्रेष्ठ ।

Read Next

फिल्म 'रेन्जर'मा दिनेश जंग खड्काको च्यालेन्जिङ रोल ।