फिल्म 'रेन्जर'मा दिनेश जंग खड्काको च्यालेन्जिङ रोल ।

राजेन्द्र कार्की ।

[dropcap]रं[/dropcap]गकर्मी दिनेश जंग खडका सुरज पौडेलद्धारा निर्देशित चलचित्र रेन्जरमा च्यालेन्जिङ र सशक्त भूमिकामा देखा पर्दैछन । हास्य कलाकार सन्तोष पन्तद्धारा निर्माण भएको हास्यब्यङ्गात्मक टेलिसृङ्खला “हिजो आजका कुरा”बाट आफ्नो कला कलाकारिताको यात्रा प्रारम्भ गर्नु भएका दिनेश जंगले धेरै टेलि सृङ्खलाहरु मा सशक्त अभिनय मार्फत दर्शक माझ परिचित हुनु भइसकेको छ । उहाँद्धारा अभिनित अन्य टेलि सृङ्खलाहरुमा “संकल्प”, “थोरै भाए पुगिसरी,” “अपराध” लगायतका रहेका छन् ।

dinesh

त्यसो त उहाँ चिर–परिचित रंगकर्मी पनि हुनु हुन्छ । उहाँले २०५४ साल प्रज्ञाप्रतिष्ठानमा भएको “सहिदको सपना” नाटकको प्रर्दशनबाट रंगकर्मीको रुपमा परिचय बनाउनु भएको हो । त्यस पश्चातका दिनहरुमा चार दर्जन जति सडक नाटक, दुइ दर्जन जति स्टेज नाटकहरुमा समेत सशक्त अभिनय गरिसक्नु भएको छ । उहाँद्धारा अभिनित नाटकहरुमा “तडपिएको आत्मा” गोविन्द गोठालेको “भोको घर” कृष्ण शाह यात्रीको “शब्द संग्रामको योद्धा”“आश्थाको मन्दिर”“हराएको पात्र”“अन्धोँ युग”“त्यो घर”बिजय मल्लको “बहुलाकाजीको सपना” सरु भक्त श्रेष्ठद्धारा लिखित “मलामी” लगायतकाबाट अत्यधिक चर्चा बटुल्न सफल हुनु भएको थियो ।

२०६१ सालमा भएको राष्ट्रिय नाटक प्रतियोगितामा भने सह–कलाकारबाट सम्मानित हुने अवसर प्राप्त गर्नु भएको थियो । टेलि चलचित्र हुँदै नाटकमा समेत प्रशंसा बटुल्दै उहाँले दिलिप रायमाझीको साथीको भूमिकामा ठुलो पर्दाको चलचित्र “आफ्नो घर आफ्नो मान्छे”मा समेत सफल अभिनय प्रस्ततु गरिसक्नु भएको छ । उहाँद्धारा अभिनिय अन्य ठूलो पर्दाका चलचित्रहरुमा “शहिद”“त्रिशुल”“ट्याक्सि ड्राइभर”“शुट” लगायतका छन । अभिनयलाई आफ्नो जीवनको अटुट सम्बन्ध रहेको ठान्नु हुने कलाकार दिनेशले एक “रियालिटी सो” मा समेत जल्दा बल्दा नायक राज वल्वभ कोइराला, गजीत बिस्टको हाराहारीमा आफ्नो कलाकारिताको प्रस्तुती देखाइसक्नु भएको छ । प्रमोद खरेलको स्वरकांन रहको “एक मुठी स्वास” कुसुम भट्टराइको घाईते बनायो मलाई” शिव परिवारको “धेरै तल भए छु म” लगायतका म्यूजीक भिडियोमा समेत मोडलिङ्ग गरिसक्नु भएका दिनेशले देश भक्ति र राष्ट्रप्रेमले ओतप्रोत नेपाली चलचित्र रेन्जर मार्फत नेपाली दर्शकहरुको मन जित्ने ठूलो धोकोका साथै ठूलो आशा राख्नु भएको छ । सिता आर्चाय र अच्युत राजको लगानी रहने उक्त चलचित्रमा शुशिल पोख्रेलको स्क्रीप्ट रहेको छ । कथाकार पोख्रेल पनि चलचित्रको विशेष भूमिकामा देखा पर्दैछन् । बैशाखको दोस्रो हप्ताको समाप्ति सँगसँगै छायाँकन कार्य प्रारम्भ गरिने चलचित्रको लागत भने ६० लाख नाघ्ने अनुमान गरिएको छ । यस्ता बेजोड कलाकार तथा रंगकर्मी दिनेश जंग खड्काको सशक्त तथा च्यालेन्जिक भूमिका कसरी निभाउने हुन र दर्शकका मन कसरी जित्ने हुन यो चाहि प्रतिक्षा कै बिषय बनिरहेको छ

Namaste Filmy

Read Previous

पब्लिसिटीको लागी मोफसल केन्द्रित 'आवारण' टोली ।

Read Next

अक्षय कुमार को 'शौकिन' । यस्तो छ फस्ट लूक ।