निर्देशक समाजबाट थप तीन सदस्यले दिए राजीनामा । पत्रसहित ।

[dropcap][/dropcap]लचित्र निर्देशक समाजको महासचिव सहित ६ जना पदाधिकारीले राजीनामा दिएको तीन दिनपछि थप तीन सदस्यले राजीनामा दिएका छन । राजीनामा दिने नयां सदस्यहरुमा निर्देशकहरु राजु गिरी, दुर्गा नेम्वाङ र गोकुल कुमार राई रहेका छन । यद्यपि उनीहरुको राजीनामा पत्रलाई समाजका अध्यक्ष दिनेश डि सी ले भने स्वीकार गरिसकेका छैनन ।rajinama1यता सदस्यहरुले दिएको  राजीनामा नमानेको भन्दै महासचिवबाट राजीनामा दिइसकेका ऋषि लामिछानेले आक्रोश ब्यक्त गरेका छन । उनले अध्यक्षले राजीनामा पत्रलाई गोजीमा हालेर ज्यादती गरेको आरोपसमेत लगाएका छन । यसअघि निर्देशक समाजका कार्यशैली प्रति नै असन्तुष्टि जनाउदै महासचिव  ऋषी लामिछाने, प्रथम उपाध्यक्ष राजु केसी, सचिव श्याम भट्टराई, सह९कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु आरवीके शरद र महेश प्रसाद ढुङ्गेल ले गत शुक्रबार सामुहिक राजीनामा दिएका थिए ।
यसरी समाजका विभिन्न पदाधिकारीहरुले एकपछि अर्को गर्दै राजीनामा दिनुको मुख्य कारण दुइ साताअघि पोखरामा सम्पन्न वर्कशप नै रहेको बताइन्छ । उक्त वर्कशपमा ल्याइएको रेड क्यामेरा अवैध रुपमा बेचेको गम्भीर आरोप पनि समाजका अध्यक्ष दिनेश डिसी र सिनेजोन का रजत बुढाथोकीलाई लागेको छ । यसबारेमा बुढाथोकीले भने गलत आरोप लगाइएको बताएका छन । यद्यपि एक राष्ट्रिय दैनिकमा भने यसरी उनीहरुमाथि गम्भीर आरोप लगाइएको थियो ।

राजीनामा पत्र:

rajinama

Namaste Filmy

Read Previous

अक्षय कुमार को 'शौकिन' । यस्तो छ फस्ट लूक ।

Read Next

चितवनमा ‘कबड्डी’ सोमबारबाट चल्ने ।