चितवनमा ‘कबड्डी’ सोमबारबाट चल्ने ।

हरि कार्की ‘लक्की’, चितवन ।
[dropcap][/dropcap]त शुक्रबारबाट देशभर प्रदर्शनमा आएको र आम नेपाली दर्शकहरुले अत्याधिक रुचाएको नेपाली चलचित्र ‘कबड्डी’ चितवनका दर्शकहरुले भने सोमबारबाट हेर्न पाउने भएका छन् । चलचित्र कबड्डी नारायणघाटको गणेश चित्र मन्दिरमा बैशाख १५ गते सोमबारबाट प्रदर्शनमा आउने भएको छ ।kabaddiचलचित्रमा प्रेमको सिमा नाघ्दा पैदा हुने कुराहरुलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ । यस चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आले लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रका प्रायः दृश्य मुस्ताङमा खिचिएको छ भने केही काठमाडौंका दृश्य समेटिएका छन् । पूर्णतः नेपाली मौलिकपनालाई समेटिएको यो चलचित्रले चितवनका दर्शकलाई मनोरञ्जन दिने आशा निर्माण युनिटको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । स्मरण रहोस पछिल्लो समयमा निर्माण भएका चलचित्रहरुको प्रतिस्पर्धाले गर्दा चितवनमा भने रिलिज गरिएको मितिमा चलचित्र कबड्डी चल्न सकेको थिएन ।

Namaste Filmy

Read Previous

निर्देशक समाजबाट थप तीन सदस्यले दिए राजीनामा । पत्रसहित ।

Read Next

गल्ती भएपछि झुके शाहरुख। करणवीरलाई दिए गाडी।