गल्ती भएपछि झुके शाहरुख। करणवीरलाई दिए गाडी।

[dropcap][/dropcap]लिउड बादशाह शाहरुख खानले टि भी अभिनेता करणवीर बोहोरा लाई गाडि दिएका छन । करवीरको कार मर्मत सम्पन्न नहुन्जेल प्रयोग गर्नको लागी शाहरुखले करणवीरलाई आफनो गाडि दिएका हुन ।saharukh karanbirकेहि दिनअघि शाहरुखको भ्यानिटी भ्यानले करणवीरको कारलाइै ठक्कर दिएपछि पुर्ण रुपमा क्षति पुगेको थियो । उक्त क्षति पुगेलगतै गल्ती भएको भन्दै शाहरुखले करणवीरलाई गाडी दिएको हो । करणवीरको क्षतिग्रस्त कारको सम्पुर्ण मर्मत खर्च पनि बादशाह खानले नै ब्यहोर्नेछ । यस कुराको पुष्टि करणवीर स्वयम ले गरेका छन । उनका अनुसार शाहरुखले सम्पुर्ण मर्मत खर्च ब्यहोर्ने र मर्मत सम्पन्न नहुन्जेल आफुले शाहरुखको गाडि प्रयोग गर्न पाउने सहमति भएको बताए । 

केहि दिनअघि मुम्बई स्टुडियोमा शाहरुखको भ्यानिटि भ्यानले करणवीरको कारलाई ठक्कर दिएको थियो । ठक्कर दिएलगतै शाहरुखको ड्राइभर र म्यानेजरले करणवीरसंग माफि मागेका थिए । यस विषयलाई कुनैपनि कानुनी प्रक्रियामा नलैजान पनि शाहरुखले करणवीरसंग आग्रह गरेका थिए ।

Namaste Filmy

Read Previous

चितवनमा ‘कबड्डी’ सोमबारबाट चल्ने ।

Read Next

चलचित्र 'नाइ नभन्नु ल ३' पनि बन्ने ।