चलचित्र 'नाइ नभन्नु ल ३' पनि बन्ने ।

nai nabhannu la 3[dropcap][/dropcap]लचित्र ‘नाइ नभन्नु ल २’ को उत्कृष्ट ब्यापरपछि अब ‘नाइ नभन्नु ल ३’ बन्ने भएको  छ । यसअघि ‘नाइ नभन्नु ल’ को ब्यवसायिक सफलताले हौसियर ‘नाई नभन्नु ल २’ बनाएको निर्देशक बिकास आचार्यले अब ‘नाइ नभन्नु ल ३’ निर्माण गर्ने घोषणा गरेका हुन ।

‘नाइ नभन्नु ल २’ कै सिक्वेलको रुपमा निर्माण हुने फिल्ममा बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई को मुख्य भुमिका रहनेछ । यी दुइबाहेक फिल्मको अन्य कलाकार तथा प्रबिधिकहरु फाइनल भइसकेका छैनन । हाल फिल्मको स्कृप्ट तथा गीत लेखनको काम चलिरहेको बताइएको छ ।
मानवीय संवेदना बोकेको ‘नाइ नभन्नु ल’ र ‘नाइ नभन्नु ल २’ ले ब्यवसायिक सफलता हात पारेपछि अब बन्ने नाइ नभन्नु ल ३ पनि मानवीय संवेदनालाई छुने फिल्म बन्ने निर्देशक आचार्यको भनाई छ ।

Namaste Filmy

Read Previous

गल्ती भएपछि झुके शाहरुख। करणवीरलाई दिए गाडी।

Read Next

'सुनगाभा' पछि 'फन्को' निर्देशनमा सुवर्ण ।