'सुनगाभा' पछि 'फन्को' निर्देशनमा सुवर्ण ।

[dropcap]य[/dropcap]सअघि फरक बिषयबस्तुमा फिल्म सुनगाभा निर्देशन गरेर चर्चा कमाएका निर्देशक सुवर्ण थापा अर्को नयां फिल्मको निर्देशनमा जुटेका छन । उनले नयां फिल्म फन्को निर्देशन गर्न लागेका हुन ।fankoउनले निर्देशन गर्ने फिल्म फन्कोको अगामी मे १ उर्फ बिहिबार बाट छयांकन सुरु हुदैछ ।

फिल्मको छयांकन पोखराबाट सुरु गरिने बुझिएको छ । सुवर्णको ‘फन्को’ मा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले मुख्य रहनेछ । पुरुषोत्तम प्रधानले खिच्ने फन्कोलाई नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङले संयुक्त रुपमा लगानी गर्न लागेका हुन ।
फिल्मको बारेमा अन्य थप जानकारीहरु औपाचारिक कार्यक्रम गरेर नै दिइने बताइएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'नाइ नभन्नु ल ३' पनि बन्ने ।

Read Next

हलिउड स्टार जोन ट्रावोल्टा हिन्दी फिल्म खेल्दै।