हलिउड स्टार जोन ट्रावोल्टा हिन्दी फिल्म खेल्दै।

 [dropcap][/dropcap]र्चित हलिउड अभिनेता जान ट्रावल्टा अब बलिउड फिल्ममा देखिने लगभग पक्कापक्की भएको छ । उनी शेखर कपुरको महत्वकांक्षी फिल्म पानीमा देखिन सक्नेछन ।यसबारेमा ट्रावोल्टा स्वयमले खबर बाहिर ल्याएका हुन । उनले उल्लेख गरेका छन -‘मलाई एक फिल्मको अफर आएको छ, यसबारेमा म बिचार गरिरहेको छु यो फिल्म पुर्ण रुपमा बलिउड फिल्म हो र यसको नाम पानी हो ।’johnउक्त फिल्म खेल्ने या नखेल्ने भन्नेबारेमा बिचाराधीन रहेको ट्रावोल्टाको भनाई छ । ट्रावोल्टाले शेखर कपुरलाई पहिलेदेखि नै चिनीराखेको बताउदै फिल्म पानी मा गीतहरु पनि समावेश हुने बताएका छन । 

यसअघि पनि आफुले विभिन्न हिन्दी फिल्महरु हेरेको जनाउदै ट्रावोल्टाले हिन्दी फिल्म वास्तविक र जीवन्त हुने गरेको उल्लेख गरेका छन । हिन्दी फिल्मले सबैको ध्यान केन्द्रित गराउने भन्दै उनले आफु हिन्दी फिल्मको ठुलो प्रशंसक रहेको पनि बताए । उनले थ्री इडियटस, लगान, क्रिस, रामलीला लगायतको फिल्म हेरेको बताए । साथै आफुलाइै बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, दिपीका पादुकोण लगायतका मनपर्ने पनि बताएका छन ।

Namaste Filmy

Read Previous

'सुनगाभा' पछि 'फन्को' निर्देशनमा सुवर्ण ।

Read Next

जोशीली मोडल तथा नायिका सुरभीको जोशीलै कुरा।