देश दौडाहाको क्रममा चितवनमा 'आवारण' ।

[dropcap][/dropcap]गामी जेठ २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म आवारण ले सोमबार चितवनको नारायणगढमा पत्रकार भेटघाट गरेको छ । फिल्मको बारेमा जानकारी दिने उद्देश्यले आयोजित उक्त पत्रकार सम्मेलनमा फिल्मको निर्देशक सुवास कोइराला र नायिका प्रियंका सहभागी थिए ।awaran3पत्रकार हरु संग अन्तक्र्रिया गर्दै फिल्मका निर्देशक सुवास कोइरालाले फिल्म राम्रो बनेको र दर्शकको साथ पाउने आशा रहेको बताउनुभयो । कोइरालाले  फिल्म सस्पेन्स थ्रीलर र हरर एलिमेन्टस समावेश भएकोले दर्शकलाई मनपर्ने बिश्वास ब्यक्त गर्नुभयो । उनले फिल्मको सार्वजनिक गीत तथा प्रोमोले दर्शकको मन जितेका बताउदै अबको दुइ चार दिनमा नयां ट्रेलर रिलिजको तयारीमा आफुहरु रहेको पनि जनाए । त्यस्तै फिल्मकी नायिका प्रियंका कार्कीले फिल्ममा आफ्नो भुमिका फरक रहेको र यसअघिका फिल्महरुभन्दा फरक टेस्ट आफुले दिन खोजेको बताइन । उनले आफनो भुमिकाबारे बोल्दै फिल्म भित्र अरु पात्रलाई थाहा नहुने कतिपय रहस्य आफुलाई थाहा हुने पनि बताइन । कार्यक्रममा दुई दर्जन पत्रकारहरुसंगै चलचित्र कर्मी दिपक खांणको पनि उपस्थिति रहेको थियो ।awaran1
फिल्म युनिट फिल्म पब्लिसिटीको लागी मोफसल दौडाहको क्रममा सोमबार चितवन आइपुगेको हो । चितवन पछि बुट्वल, पोखरा र धरानमा पनि फिल्म युनिट पुग्ने बताइएको छ ।
आवारण आगामी जेठ २ गते अलनेपाल रिलिजको तयारीमा छ । सुवास कोइरालाको निर्देशनमा निर्माण भएको दोस्रो फिल्म आवारणलाई अनिल योञ्जन, लक्ष्मी लामा, साबिता राई, पवित्र योञ्जन र रोजन श्रेष्ठको संयुक्त लगानी रहेको छ । फिल्ममा प्रियंकाको अक्तिरिक्त दिब्यदेव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।awaran2 awaran

Namaste Filmy

Read Previous

जोशीली मोडल तथा नायिका सुरभीको जोशीलै कुरा।

Read Next

कसले कसलाई भन्दैछ 'सरी ल' । हेर्नुहोस भिडियो ।