जोशीली मोडल तथा नायिका सुरभीको जोशीलै कुरा।

 राजेन्द्र कार्की।

surabhi  [dropcap]“अ[/dropcap]हिले मेरो बिवाह गर्ने उमेर नै होइन, अहिले त मेरो क्यारियर बनाउने समय पो हो त” विवाहको प्रशंगमा जोशिली सुरभी जैनको उदगार हो यो । चलचित्र “समय” बाट डेब्यू गरेकी नायिका सुरभीले प्रारम्भमा चलचित्रका लागि प्रस्ताव नआएता पनि अहिले भने धेरै चलचित्रहरुका लगि प्रस्ताव आउने गरेको बताउँदै अब भने समयले साथ दिन थालेको बताउँछिन । घर परिवारले हुर्किएको छोरीलाई विवाहका लागि अनुरोध गर्ने स्वभाविक भएको बताउँदै पटकपटक विवाहको लागि प्रस्ताव पनि नगरेको होइन । तर आफ्नो नाम अनुसारको काम गरेर नदेखाई विवाह नगर्ने अठोट लिएको बताउन पनि चुक्नु भएन मोडल तथा नायिका सुरभीले । “२०/२२ वर्षको उमेर पनि कुनै विवाहको उमेर हो र ? यति लामो संघर्ष गरेर बल्ल आफ्नो बाटो खुल्दैछ, विवाह त एक दिन भइहालिन्छ नी, यसको टेन्सनले क्यारियर नै विगार्ने कुरा त आउँदैन नी ।” उहाँले रिलिज हुन गइरहेको चलचित्र “नागवेली” बाट समेत ठूलै आशा गरेको बताउनु हुने उहाँको अहिले दूइ वटा चलचित्रका लागि कुरा अगाडि बढी रहेको पनि बताइन । चार महिना यता देखि साह्रै ब्यस्त रहनु परेकोले अब संर्घषका दिनहरु गयोकी भन्ने लागेको छ उहाँलाई । सुहाँउदो कथावस्तु भएको चलचित्रलाई नाइ नभन्ने विचार राख्ने उहाँ ग्याल्मर्स बिना चलचित्रको अर्थ नहुनेमा विश्वास गर्नु हुन्छ । कथावस्तुको आवश्यता अनुसार ग्याल्मर्सको प्रस्तुत गर्न तयार रहेको बताउँदै चलचित्र क्षेत्रबाट धेरै सिक्न बाँकी रहेको पनि बताउनु भएको छ । अझै ५ वर्ष सम्म विवाहको बारेमा नसोच्नेमा विश्वस्त रहनु हुँदै विवाह आफ्नै रोजाइमा हुनेमा ढूक्क भएको बताउनु भएको छ । मोडल तथा नायिका सुरभी चलचित्र नागवेलीमा दयाह्वाङ्ग राई, स्पर्शमा राज आर्यन, र किल्लामा शुभाष मेचेसँग प्रमुख भूमिकामा देखिनु हुँदैछ । चलचित्र जंगेमा भने “खतरा मा प¥यो मेरो जवानी” गीतको आइटम डान्समा बेजोडले प्रस्तुत हुनु भएकी छिन । यस्ती जोशीली र आँटिली सुगन्धँ जस्तै सौरभीको कलाकारिताले फैलाएको सुगन्धँको अनुभूति गर्न उहाँको शुभचिन्तकहरु भने आतुर रहिरहेका छन

Namaste Filmy

Read Previous

हलिउड स्टार जोन ट्रावोल्टा हिन्दी फिल्म खेल्दै।

Read Next

देश दौडाहाको क्रममा चितवनमा 'आवारण' ।