प्रदीप खड्कासग ‘प्रेमगीत ३’ यी २५ जनामा एक जनाले रोमान्स गर्दै

चलचित्र ‘प्रेमगीत ३’ का लागी ‘गीत’ को क्यारेक्टरको खोजी भैरहेको छ। चलचित्रको गीतको अडिसनका लागी निर्माण टिमले केहि समय अगाडी अडिसन आह्वान गरेको थियो। २७१४ युवतीको आवेदनबाट निर्माण टिमले २५ युवतीलाई छनोट गरेको छ। १८-२५ बर्षका युवतीहरुले लिड क्यारेक्टरका लागी अडिसन दिएका थिए।

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् ।निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले टप २५ छनोट गरेको हो।
अडिसनका लागी शिर्ष २५ छनोट भएका केहि युवति म्युजिक भिडियो र चलचित्रमा काम गरेका परेका छन्। ‘ची मुसी ची’ डेव्यु अभिनेत्री एलिशा शर्मा, मोडल अन्जली लामा, सय कडा दश अभिनेत्री करुणा श्रेष्ठ, बुगी वुगी च्याम्पियन कविता नेपाली, मोडल कृष्टिन थापा, लाक्पा शेर्पा, पुजा तिवारी लगायात ग्ल्यामर फिल्डमा सक्रिय रहेका छन्। धेरै नया मुहार पनि यो लिष्टमा रहेका छन्। छेतन गुरुङ र निर्माता शेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्र चैत्र २८ गतेबाट रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

दीपक-दीपा र रोहित अधिकारीको चलचित्र ‘छ माया छपक्कै’को छायांकन शुरू

Read Next

चलचित्र ‘न यता न उता’ को शिर्ष गीत सार्वजनिक ,श्रावण १७ मा रिलिज हुने