बोल मायाका प्रकाश सपूत र शान्ति श्री परियारको नया गीत गलबन्दी चर्चामा (भिडियो)

गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको  गलबन्दी बोलको गीत सार्वजनिक भएको छ ।सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत बोल मायाको सिक्वलका रूपमा लिएको छ ।

सार्वजनिक गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् ।गीतमा बोल मायाको टिमले अभिनय गरेको गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् ।गीत यति बेला युटुव ट्रेन्डिंगको छैटौ स्थानमा छ ।गीतको अहिले निकै चर्चा हुन थालेको छ।

भिडियोलाई  सपूत आफैले निर्देशन गरेका छन् । गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोलाई भिडियोमा देख्न सकिन्छ  ।परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ ।शनिबार साँझ सार्वजनिक भएको गीत सोमबार सम्म दिउँसोसम्म ६  लाख २५  हजारले हेरिसकेका छन् ।

Namaste Filmy

Read Previous

‘जात्रै जात्रा’ युनिट चितवनमा, चलचित्र निर्माणमा रिस्क लिन पछि नपर्ने निर्देशक :भट्टराई

Read Next

दिनेश लिङ्देनले बनाउने भए चलचित्र ‘पायल’