दिनेश लिङ्देनले बनाउने भए चलचित्र ‘पायल’

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ चलचित्र  ‘पायल’ निर्माण हुने भएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन केही दिनपछि सुरु हुँदैछ ।

निर्देशक लिङ्देनका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका विरुद्धमा आवाज उठाउनेछ । फिल्ममा नरेन्द्र सेन्दाङ, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खान आदिको अभिनय रहनेछ । फिल्ममा अभिनयकै लागि अमेरिकामा बस्दै आएका नरेन्द्र नेपाल आइपुगेका छन् ।

फिल्ममा विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहनेछ । फिल्मको कार्यकारी निर्मातामा बसन्त थेबे छन् भने सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपी दाहाल छन् । फिल्मकी निर्मात्री कविता राई लिङ्देन हुन् ।

Namaste Filmy

Read Previous

बोल मायाका प्रकाश सपूत र शान्ति श्री परियारको नया गीत गलबन्दी चर्चामा (भिडियो)

Read Next

हिमाल सागरको 'ए माया 'मा पल शाह र  वर्षा राउतको गज्जबको जोडी (भिडियो)