चर्चामा वसन्त थापाको गीत ‘लोभी आँखा’,युटुव ट्रेन्डिंगको आठौ स्थानमा (भिडियो )

केहि दिन अघि सार्वजनिक भएको  वसन्त थापाको नयाँ गीत ‘लोभी आँखा’ ले अहिले बजारमा राम्रै चर्चा पाएको छ ।यसअघि थापाले संगीत भरेको र अभिनय गरेको ‘उही खोलीमा माछी’, ‘जाम सुस्तै’, ‘सालको पात टपरी हुने’ लगायतका गीतहरू दर्शकको अत्याधिक रोजाइमा परेका थिए।

आफ्नो मन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा वसन्त थापा र लक्ष्मी मल्लको स्वर रहेका छ। कृष्ण केसीका शब्द रहेको गीतमा थापाकै लय रहेको छ। गीतको एरेन्ज आशीष अविरलले गरेका छन्।

सार्वजनिक भएको ५ दिनमा १२ लाख ५५ हजा रभन्दा बढले हेरी सकेको ‘लोभी आँखा’लाई युटुव ट्रेन्डिंगको आठौ स्थानमा छ ।गीतको अहिले निकै चर्चा हुन थालेको छ।२० हजार भन्दा बढी लाईक मिलेको यस गीतमा १४  सय बढी कमेन्ट आएको छ।गीतको निकै राम्रो कमेन्ट आएको छ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेल अभिनय रहेको छ।भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका छन्। गीतमा रामेश्वर कार्कीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ।

Namaste Filmy

Read Previous

अजय देवगनका पिता तथा बलिउडका चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन

Read Next

पूजा शर्मा र आकाश श्रेष्ठको ‘पोइ पर्‍यो काले’को छायांकन पोखराबाट सुरु