पूजा शर्मा र आकाश श्रेष्ठको ‘पोइ पर्‍यो काले’को छायांकन पोखराबाट सुरु

पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘पोइ पर्‍यो काले’ को आज बाट पोखरामा छायांकन सुरु गरिएको छ । बुधबार बिहान बिन्दबसिनी मन्दिरमा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहने छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्र ‘पोइ पर्‍यो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको यस चलचित्रमा सुरक्षा पन्त,राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।चलचित्र कात्तिकको ८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

चर्चामा वसन्त थापाको गीत ‘लोभी आँखा’,युटुव ट्रेन्डिंगको आठौ स्थानमा (भिडियो )

Read Next

शक्ती कुमार गोदर र अस्मिता डिसीको गीत ‘अरेली’ को भिडियो सार्वजनिक