चलचित्र ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्र ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए ।

दयाहाङ राईको मुख्य भूमिका रहेको ‘आप्पा’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने अर्को चलचित्र छायाँकनमा व्यस्त रहेका कारण दयाहाङ राई अनुपस्थीत थिए ।चलचित्रमा दयाहाङ राई सगै सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक चलचित्र निर्माण गरेको बताए । उनले भने, – ‘मलाई आर्ट सिनेमा निर्माण गर्न आउँदैन र बनाउँदैन पनि त्यसैले ‘आप्पा’लाई सम्पुर्ण दर्शक तथा पत्रकारले मनोरञ्जनात्मक सिनेमाको रुपमा लिनु हुनेछ भन्ने विश्वास छ ।’

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।चलचित्र असार १३ गते बाट प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

‘दासढुंगा च्याप्टर २’को लागि कलाकार तथा प्राविधिकको खोजी

Read Next

सुहाना थापा ‘मेरो हजुर ३’को नया गीतमा ‘राधे कृष्ण’ भन्दै (भिडियो)