खगेन्द्र लामिछानेले बनाउने भए चलचित्र ‘पानीफोटो’

खगेन्द्र लामिछानेले अभिनय तथा निर्देशन गरेको चर्तित नाटक ‘पानीफोटो’ माथी सिनेमा निर्माण हुने भएको छ ।  आज राजधानीमा आयोजीत एक कार्यक्रमका बिच अफिसियल रुपमा निर्माण घोषणा गरियो । यही वार ड्रामा सिनेमाबाट अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले निर्देशनमा डेव्यु गर्दैछन् ।खगेन्द्रले यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका सफल सिनेमा काम गरिसकेका छन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको छायाँकन आगामी भाद्र महिनाबाट सुरु हुनेछ । १५ वर्ष अगाडी द्धन्द्व कालमा हराएको छोराको प्रतिक्षामा बसेका बाबुआमाको कथा सिनेमाले उठान गर्नेछ ।काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा सिनेमा छायांकन हुनेछ ।

सिनेमामा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, अशान्त शर्मा, श्याम कुमार खड्का लगायतका कलाकारको सिनेमामा अभिनय रहने छ । ‘पानीफोटो’मा रंगमञ्चका चर्चित कलाकारहरुको बाहुल्यता रहेको छ ।

सिनेमा निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले ‘पानीफोटो’ निर्देशन गर्ने सपना रहेको बताए । उनले भने – ‘यसपछि म सिनेमा निर्देशन गर्छु वा गर्दैन त्यो त थाहा छैन् । तर, ‘पानीफोटो’ मैले निर्माण गर्न चाहेको जस्तो सिनेमा हो, त्यसैले यसलाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु । मैले ‘पानीफोटो’लाई नाटकको रुपमा निर्माण गर्दै गर्दा सोचेको थिए, यसलाई एक दिन सिनेमाको रुपमा ढाल्ने छु । आज आएर बल्ल त्यो सपना पुरा हुने समय जुरेको छ । हेरौ कति सफल हुन्छु, त्यो भोली सिनेमा बनेर हलमा आए पश्चात तपाईहरुको प्रतिक्रियाले बताउने छ ।’

अभिनेता, निर्माता तथा निर्देशक लामिछाने स्वयंमले पानीफोटोको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमामा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने छ । दिपक बज्राचार्यको छायाँकन रहने सिनेमालाई निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् । २०२० मा रिलिज हुने सिनेमामा पुष्पासंगमको पाश्र्व संगीत रहने छ ।

Namaste Filmy

Read Previous

साम्राज्ञी र पुष्प अभिनित चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक

Read Next

अमेरिकामा कलाकार तथा निर्देशक दिनेश कार्कीले खोले स्पेसल आई ब्रो एण्ड हेयर सेलुन