सलमान खानको ‘भारत’लाई अदालतले नेपालमा बुधवार नै प्रदर्शन गर्न अन्तरिम आदेश

बलिउडका सल्लु भाई अर्थात सलमान खान अभिनित फिल्म ‘भारत’ हेर्नका लागि नेपाली दर्शकहरुले शुक्रबार नै कुर्न नपर्ने भएको छ । भारतमा बुधवारबाट प्रदर्शनमा आउने उक्त फिल्म नेपालमा भने शुक्रबारबाट मात्रै प्रदर्शन हुने चर्चा रहेको थियो । तर अब भने ‘भारत’ हेर्न नेपाली दर्शकहरुलाई शुक्रबार नै कुर्न नपर्ने भएको हो । फिल्म नेपालमा पनि बुधवार नै प्रदर्शन हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले ‘भारत’ लाई नेपालमा  पनि बुधवार नै प्रदर्शन गर्न अन्तरिम आदेश दिएको छ । अदालतले चलचित्र बिकास बोर्डलाई स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै बुधवार बाटनै उक्त फिल्म नेपालमा पनि प्रदर्शन गर्न आदेश दिएको हो ।

नेपाली फिल्म शुक्रबार मात्रै प्रदर्शन हुने गरेकोले बोर्डले हिन्दी फिल्म पनि शुक्रबार मात्रै प्रदर्शन गर्ने भनेको थियो । बोर्डको यो निर्णय बिरुद्द वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट (मनोज राठी) ले अदालतमा रिट दायर गरेका थिए । अब फिल्म नेपालमा पनि बुधवार नै रिलिज हुने भएको हो ।

यस अघी बोर्डले भारतमा बुधवार प्रदर्शनमा आएको ‘कलंक’ लाई नेपालमा शुक्रबारबाट मात्रै प्रदर्शन गरेको थियो । अली अब्बास जफरको निर्देशन रहेको फिल्ममा सलमान सँगै कटरीना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर लगायतको पनि अभिनय रहेको छ । फिल्म जुन ६ अर्थात इद उल फितरको दिन रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र 'सोच'को फस्टलुक्स पोस्टर सार्वजनीक ,भदौ २०मा प्रदर्शन हुने

Read Next

सारेगमपा लिटल च्याम्प्समा आयुष के सी र प्रितम आचार्य फाइनलमा