ऋतिक रोशनको प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता ऋतिक रोशनको अभिनय रहेको नया चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरी ३० होनहारलाई विश्व सामु चिनाउछन भन्ने कथामा सिनेमा आधारित छ । ट्रेलर रिलिजसँगै दर्शकले ऋतिकको अभिनय र लुक्सको प्रसंशा गरेका छन् ।

२०१७ मा ‘काबिल’ रिलिज पछि कुनै चलचित्र रिलिज न भएको ऋतिक रोशनको ‘सुपर ३०’लाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।पटक पटक रिलिज मिति पोस्टपोन भएको ‘सुपर ३०’जुलाई १२ मा रिलिज हुदै छ ।केही वर्ष पहिले देखि चल्दै आएको कंगना रनौत र ऋतिक रोशनको कोल्ड वारका कारण पनि निर्माण पक्षले सिनेमालाई अन्य डेटमा सारेको हो ।

चलचित्रमा ऋतिक रोशनका अलवा विरेन्द्र सक्सेना, मनुरल ठाकुर,नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरुको पनि अभिनय छ ।चलचित्रलाई विकास बहलले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मिस्टर नेपाली’ निर्माणको घोषणा ,भूवन केसी र रीमा विश्वकर्मा मुख्य भूमिकामा

Read Next

चलचित्र 'कीर्तिपुर'असार १३मा प्रदर्शन हुने