कसले कसलाई भन्दैछ 'सरी ल' । हेर्नुहोस भिडियो ।

[dropcap]छि[/dropcap]ट्टै प्रदर्शनमा आउने बताइएको फिल्म ‘सरी ल’ को टाइटल गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा शिबम अधिकारीको शब्द तथा बसन्त सापकोटाको संगीतमा गायक शिव परियार को स्वर रहेको छ । गीतमा फिल्मका मुख्य तीन पात्र सुवास थापा, अनिता आचार्य र राजन खतिवडा फिचरीङ छन ।sorry la
द ब्ल्याक रोज फिल्म प्रोडक्सन प्रा लीको ब्यनरमा कृष्ण बहादुर महर्जनको निर्माण र अञ्जु केसीको प्रस्तुती रहेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा बनेको सरी लमा अन्जु केसीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।

हेर्नुहोस भिडियो :

Namaste Filmy

Read Previous

देश दौडाहाको क्रममा चितवनमा 'आवारण' ।

Read Next

सलमान खान पुन अदालतमा तानिए ।