भुत-प्रेतको कथा निर्माण भएको चलचित्र ‘घर’को ट्रेलर सार्वननिक (भिडियो)

चलचित्र ‘घर’को अफिसियल ट्रेलर सार्वननिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । ट्रेलरमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको छ।ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ ।

अर्पण थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘घर’मा अर्पण थापा ,बेनिशा हमाल ,अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ ।

आगामी श्रावण ३ गते बाट चलचित्र प्रदर्शनमा आउदै छ । डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको यस चलचित्रकि प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । निर्देशक चलचित्रलाई दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । भने, घरको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् ।

निरज कँडेलले छायाँकन गरेको ‘घर’को सम्पुर्ण सुटिङ्ग २० दिनमा सकिएको थियो । श्रीकृष्ण श्रेष्ठ र मनोज श्रेष्ठले भिएफएक्स गरेको यस चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्

Namaste Filmy

Read Previous

'भारत' को पहिलो दिनको ब्यापारले तोड्यो सलमानको सबै रेकर्ड

Read Next

शाहरुखकी छोरी सुहानाको सेल्फी सामाजिक संजालमा भाइरल