सलमान खानको चलचित्र ‘भारत' तिन दिनमा सय करोड नजिक

गत बुधबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले तीन दिनमा ९५.५० करोडभन्दा माथि कलेक्सन गरेको छ । इदको अवसर पारेर रिलिज भएको चलचित्र ‘भारत’ले पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो ।

दोस्रो र तेस्रो दिन क्रमशः ३१ करोड र २२.२० करोड कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘भारत’ सलमानको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ ।

यसअघि सलमानको ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड ३५ लाख कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् । बलिउडमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने चलचित्र आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ हो ।

‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । अली अब्बास जफरको निर्देशन रहेको फिल्ममा सलमान सँगै कटरीना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर लगायतको पनि अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

शाहरुखकी छोरी सुहानाको सेल्फी सामाजिक संजालमा भाइरल

Read Next

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान