सलमान खान पुन अदालतमा तानिए ।

[dropcap][/dropcap]लिउड अभिनेता सलमान खानको ११ बर्ष पुरानो हिट एण्ड रन केशको दोस्रो ट्रायल मुम्बई स्थित एक अदालतमा सुरु भएको छ । अदालतमा अभियोग पक्षले सलमानको बिरुद्धमा थुप्रै प्रमाण एवं साक्षीहरु पेश गर्ने बताइएको छ ।salmanअभियुक्त सलमानको तर्फबाट भने निर्दोष सावित हुने कुनै प्रमाण नभएको पनि बताइन्छ । यसर्थ यस पटक भने सलमान सजायको भागिदार हुन सक्ने सम्भावना बढेको छ । एक भारतीय मिडियामा उल्लेख छ सलमान अब बच्न मुस्किल छ ।
सलमान खानले सन २००२ मा चलाएको कार बान्द्राको ए १ बेकरीमा ठोक्किएको थियो । त्यसबखत बाहिर आराम गरिरहेका कयौ सर्वसाधारण घाइते हुन पुगेका थिए भने एक को मृत्यु भएको थियो । सलमानलाई तीव्र गतिमा सवारी चलाएको आरोपमा तत्काल गिरफतार गरी जमानतमा रिहा गरिएको थियो ।

Namaste Filmy

Read Previous

कसले कसलाई भन्दैछ 'सरी ल' । हेर्नुहोस भिडियो ।

Read Next

'आवारण' हरर एलिमेन्टस भएको सस्पेन्स थ्रीलर फिल्म हो'- निर्देशक सुवास कोइराला