'आवारण' हरर एलिमेन्टस भएको सस्पेन्स थ्रीलर फिल्म हो'- निर्देशक सुवास कोइराला

subash1[dropcap][/dropcap]गामी जेठ २ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आवारण’ निर्देशक सुवास कोइरालाको दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘अपवाद’ निर्देशन गरेका थिए । त्यस्तै उनको तेस्रो फिल्म ‘पुन्टे परेड’को भने छयांकन सकिएको छ । आवारणको प्रचार गर्दै मोफसल दौडहामा निस्किएको बेला चितवनमा भेटिएका निर्देशक कोइराला फिल्मको ब्यापार राम्रो हुनेमा आशावादी छन । सस्पेन्स थ्रीलर कथाबस्तु रहेको मर्डर मिस्ट्री फिल्म आवारणको पब्लिसिटीमा निकै नै ब्यस्त रहेका यिनै निर्देशकसंग नमस्तेफिल्मीकर्मी ज्ञानेन्द्र तामाङले गरेको कुराकानीको छोटो अंश :

यहालाई स्वागत छ नमस्तेफिल्मी डटकममा ।
-धन्यवाद ।
आवारण कस्तो खालको फिल्म हो ।
-यो सस्पेन्स थ्रीलर मुभी हो । फिल्ममा हररको एलिमेन्टसहरु मिक्स भएको छ ।
फिल्म रिलिजको तयारीमा छ कस्तो बनेको छ फिल्म ?
-फिल्म राम्रो बनाउने कोशिस गरेको छु । आशा छ दर्शहरुलाई पक्कै मनपर्छ ।
फिल्मको सार्वजनिक गरिएको गीत र प्रोमोले राम्रो प्रतिक्रिया नपाएको भन्ने सुनिन्छ नि, के भन्नु हुन्छ ?
-हो , चर्चा त पायो तर हामीले जति सोच्यौं त्यति राम्रो भएन । त्यसैले हामी दर्शकको नजिक पुग्नको लागी मोफसल दौडहामा निस्किएका छौ । दुइ चार दिनमा हामी फिल्मको नयां ट्रेलर पनि रिलिज गर्दैछौ ।

तपाईले यसअघि अपवाद निर्देशन गर्नुभयो । अपवाद र आवारण मा के फरक छ ।
-अपवाद सिधा कथावस्तु को फिल्म हो विस्तारै मन्द आनन्द आउछ, तर आवारण पुर्णतय इन्टरटेन्टमेन्ट फिल्म हो । अहिलेको ट्रेन्डमा बनेको छ ।
अपवाद र आवारण दुवै फिल्मको नाम ‘अ’ अक्षरबाट सुरु भएको छ नि ?
-तपाईलाई मेरो तेस्रो फिल्मको नाम थाहा छैन क्यारे, मेरो तेस्रो फिल्म हो पुन्टे परेड । त्यसैले यो संयोग मात्र हो म ‘अ’ प्रेमी चाहि होइन ।
पछिल्लो समय रिलिज भएका केहि फिल्महरु राम्रो चलिरहेको छ । यो फिल्मको ब्यापारले तपाईको फिल्मलाई नकारात्मक असर त पार्दैन ?
-हैन मेरो फिल्म रिलिज हुन अझै दुई साताभन्दा बढि समय बांकि छ । त्यतिन्जेलसम्म यी फिल्महरु चले त खुशीको कुरा हो नि । र फरक फरक फिल्मको आ आफ्नो दर्शक हुन्छ, मलाई किन असर पार्नू ?
अन्त्यमा के भन्नु हुन्छ ?
-फिल्म तपाईलाई मनपर्ने खालको बनाएको छु । जेठ २ बाट कम्तिमा ४० पर्दामा लाग्दैछ हेरिदिनुहोला ।
हस कुराकानी गरिदिनुभो धेरै धन्यवाद ।
-हस ज्ञानेन्द्र जी यहालाई पनि धेरै धन्यवाद ।

Namaste Filmy

Read Previous

सलमान खान पुन अदालतमा तानिए ।

Read Next

मातातिर्थ औशीको दिन पितृशोकमा निर्देशक आचार्य ।