अन्जु पन्त र कर्णराज गिरीको‘ जिन्दगी खास भयो’ (भिडियो)

गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् ।

शान थापा निर्दे्शित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

Namaste Filmy

Read Previous

दिनेश लिङ्देनको निर्देशनमा चलचित्र ‘पायल’ को शुभसाइत

Read Next

प्रकाश सपुत र शान्ति श्री परियारको गीत ‘गलबन्दी’लाई करोड भ्युज