आइटम गर्ल सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’ को गीत सार्वजनिक (भिडियो)

बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लियोनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’ को गीत सार्वजनिक गरिएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीले थुप्रै कोरसका बीच ठुम्का लगाएकी छन् । गीतमा सन्नीसँग कलाकार विक्रम जोशी र  अनुपबिक्रम शाहीलाई फिचर्ड  गरिएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलद्वारा संगीत तथा  दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी गरेका हुन् । निक्कै प्रतिक्षित रहेको गीतमा ५ करोड लागत लागेको बताइएको छ ।

चलचित्र ‘पासवर्ड’ लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा  सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा  अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।

एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको  ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमा भदौ २७ मा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’को धमाकेदार टीजर सार्वजनिक (भिडियो )

Read Next

डा. डीआर उपाध्यायको गीतमा नेपाल आइडलकी अस्मिता अधिकारी र सागर अधिकारीको स्वर (भिडियो)