मातातिर्थ औशीको दिन पितृशोकमा निर्देशक आचार्य ।

bikash [dropcap]मं[/dropcap]गलबार मतातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । तर सुपरहिट फिल्म नाइ नभन्नु ल २ का सुपरहिट निर्देशक बिकास आचार्यलाई भने पितृशोक परेको छ । उनको ८४ बर्षीय पिता देवी प्रसाद को मंगलबार बिहान गृहनगर बिराटनगरमा निधन भएको हो ।

केहि महिनायता अस्वस्थ रहेका आफनो पिता बितेको खबर पाएलगतै निर्देशक आचार्य बिराटनगर तर्फ लागेका छन । आफ्नो पछिल्लो फिल्म नाइ नभन्नु ल २ ले पाएको सफलता हेरेरै पिता बितेको बताउदै आचार्य निकै भावविह्वल बनेका छन ।
आचार्य घरका साहिलो छोरा हुन, उनका जेठो दाई शैलेश आचार्य पनि फिल्म निर्देशक हुन हाल उनी बिराटनगरमै रहेका छन । शैलेसले निर्देशन गरेको कयौ फिल्महरु मध्य पछिल्लो फिल्म खग्रास हो ।
यस दुखद घडीमा शोकसन्तप्त परिवारप्रति नमस्तेफिल्मी डटकम हर्दिक समवेदना प्रकट गर्दछ ।

Namaste Filmy

Read Previous

'आवारण' हरर एलिमेन्टस भएको सस्पेन्स थ्रीलर फिल्म हो'- निर्देशक सुवास कोइराला

Read Next

'मेरो बेष्ट फ्रेन्ड' लिएर देशदौडहामा प्रसन्न ।