१४ दिनमा सलमान खानको ‘भारत’ले कमायो दुई सय करोड

सलमान खानको फिल्म ‘भारत’ भारतीय बक्स अफिलमा छाइरहेको छ। इदको अवसरमा रिलीज भएको फिल्म भारतले  निकै उत्साहपूर्ण व्यापार गरिरहेको छ।  ‘भारत’ दुई सय करोड क्लबमा इन्ट्री गरेको छ।१४ दिनमा २ सय १ करोड ८६ लाख भारतीय रुपैयाँ  कलेक्सन गरेको छ।


चलचित्रले पहिलो दिन इदको बिदामा भारतीय बक्स अफिसमा ४२.३० करोडको कमाई गरेको थियो । दोश्रो दिन चलचित्रको व्यापार ३१ करोड , तेश्रो दिन शुक्रबार २२.२० करोड, चौथो दिन शनिबार २६.७० करोड कमाई गरेको चलचित्रले आइतबार बिदाको दिनमा २७.९० करोडको कमाई  गरेको थियो ।’भारत’ले  चार दिनमा १०० करोडको व्यापार गरेको थियो। पहिलो हप्तामा १८० करोड ५ लाख भारु व्यापार गरेको भारतले दोस्रो हप्तामा २१ करोड ८१ लाख भारु कमाइ गगरेको हो ।

फिल्ममा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन्। भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन्। भाअली अब्बास निर्देशित भारत फेरी एक पटक सलमानलाई लक्की साबित भएको छ।

यसअघि सुल्तान, किक, बजरंगी भाईजान, प्रेम रत्न धन पायो, टाइगर जिन्दा हे लगायतका फिल्मले २०० करोड क्लबमा इन्ट्री गरेका थिए। ५ जुनमा रिलिज भएको यो फिल्म सलमानको करियरको अहिलेसम्मकै सानदार ओपनिङ गर्ने फिल्म रहेको छ। २०१७ मा रिलिज भएको सुल्तान र २०१८ मा रिलिज भएको टाइगर जिन्दा हे सलमानको अहिलेसम्मकै सबैभन्दा छिटो २०० करोड क्लबमा प्रवेश गर्ने फिल्म हो।

Namaste Filmy

Read Previous

‘लप्पन छप्पन २’को शुभ-मुर्हूत ,असार ११ गते छायांकनमा

Read Next

गलबन्दी गीत चोरीको बारे छुट्टाउने जिम्मा दर्शकलाई : प्रकाश सपूत