गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ सार्वजनिक (भिडियो)

गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम न्यौपानेको सँगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन् । सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वमको उक्त गीत गोदाबरीमा छायांकन गरिएको हो ।

गीतको भिडियोमा नायक आयान बज्राचार्य र मोडल रिचा थापाको अभिनय रहेको छ । ‘इतिहास’, ‘कालापानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक आयान पुनः अभिनयमा जम्ने सोँच सहित फर्किएका छन् ।नायक आयनले अभिनय गरेका अन्य गीतहरु पनि केही समयमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ । लामो समय देखि अभिनयमा क्रियाशिल रिचाको पनि हालसम्म दर्जनौ म्यूजिक भिडियो आइसकेका छन् भने उनले अभिनय गरेको लभ्यु हमेसा चलचित्र पनि पर्दशनको तयारीमा छ ।

प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् हुने भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।

Namaste Filmy

Read Previous

‘गुलाबो सिताबो’मा अभिताभ बच्चनको यस्तो लुक्स

Read Next

चलचित्र ‘पोइ पर्‍यो काले 'को छायांकन सकियो ,पूजा शर्माको पोइ सौगात की आकाश ?