'मेरो बेष्ट फ्रेन्ड' लिएर देशदौडहामा प्रसन्न ।

prasanna [dropcap][/dropcap]छिल्लो समय फिल्म चल्नको लागी फिल्म राम्रो भएर मात्र हुदैन । फिल्मको राम्रो प्रचारप्रसार हुनु पनि आवश्यक छ । यहि कुरालाई राम्रोसंग बुझेका निर्देशक प्रसन्न पौडेल यतिबेला आफनो फिल्म मेरो बेष्ट फ्रेन्डको पब्लिसिटीमा जुटेका छन ।

उनी राजधानीबाट चितवन हुदै जनकपुर सम्म पुग्नेछन । त्यसो त पौडेल फिल्मकै प्रचारका लागी भन्दै निस्किएका हैनन । तर अन्य कामसंगै मुख्य शहरहरुमा सिने पत्रकारहरुसंग अन्तरक्रिया गर्दै जाने उनको योजना छ । उनले भने- ‘म पोस्टर, ब्यानर बोकेर फिल्मको पब्लिसिटी गर्न निस्किएको भने होइन तर यात्रामा भेटिने जति सबैलाई फिल्मको बारेमा जानकारी गराउनेछु ।’ उनी केहि अन्य कामहरुले मोफसलका विभिन्न शहर जाने कार्यक्रम छ । यहि बेला मौकामा चौका हान्दै पौडेलले फिल्मको पनि पब्लिसिटी गर्ने भएका हुन ।
प्रेम र मित्रता के हो त भन्ने बिषयमा तयार भएको फिल्म ‘मेरो वेष्ट फ्रेन्ड’ आउदो जेठ २६ गतेबाट अलनेपाल रिलिज हुदैछ । यसअघि फिल्म ‘स्वर’ निर्देशन गरेर चर्चा बटुलेको निर्देशक पौडेलको यो दोस्रो फिल्म हो ।mero best frend 2आशावादी फिल्मसको ब्यानरमा प्रजिता बज्रचार्यले निर्माण गरेको फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उप्रती, किरण लकौल, केकि अधिकारी, बिमलेश अधिकारी, सुनिल थापा, निर्मल शर्मा, पुजा शर्मा लगायतको अभिनय रहेको छ ।  फिल्मको सार्वजनिक गरिएको प्रोमो तथा गीतहरुले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ  ।

Namaste Filmy

Read Previous

मातातिर्थ औशीको दिन पितृशोकमा निर्देशक आचार्य ।

Read Next

सिनेजोन स्टुडियोले किन हेपे शुभेच्छालाई ?